- ओमोडा ई५ प्रो गाडीले स्टाइलिश डिजाइनसँगै ३५० किलोमिटर रेन्ज क्षमतासहित नेपाली बजारमा प्रिमियम ड्राइभिङ अनुभव प्रदान गर्छ।
- एसपीजी अटोमोबाइल्सले गाडीको प्रारम्भिक मूल्यमा छूट र निःशुल्क इन्स्युरेन्स सहित पहिलो ५० ग्राहकलाई विशेष प्रस्ताव उपलब्ध गराएको छ।
- गाडीमा ५४० डिग्री सराउन्ड भ्यू क्यामेरा, ड्राइभर मसाज सिट, ८ सोनी स्पिकर र चिठ ज्ञछ।ट इन्च वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले जस्ता प्रिमियम फिचरहरू पाइन्छन्।
काठमाडौँ– एसपीजी अटोमोबाइल्सले नेपालमा ओमोडा र जेइको गाडीका आधिकारिक वितरकले आज नेपाली बजारमा बहुप्रतीक्षित नयाँ गाडी ओमोडा ई५ प्रो सार्वजनिक गरेको छ।
नेपाली सडकमा एक हजार पाँच सयभन्दा बढी गुडिसकेको यो गाडीको सफलतालाई निरन्तरता दिँदै नयाँ ई५ प्रो सार्वजनिक भएको हो।
नेपालमा लन्च भएदेखि ओमोडा ई५ गाडीले आफ्नो फ्युचरिस्टिक डिजाइन, उत्कृष्ट रेन्ज, उच्च ग्राउन्ड क्लियरेन्स र आधुनिक प्रविधिका कारण लोकप्रिय कमाइरहेको छ।
ओमोडा ई५ प्रोले यसै विरासतलाई थप सुदृढ बनाउँदै नयाँ डिजाइन, स्मार्ट फिचर र आधुनिक नेपाली ग्राहकलाई लक्षित प्रिमियम अनुभव प्रदान गर्ने विश्वास लिएको छ।
नयाँ ओमोडा ई५ प्रोमा ५०।७ किलोवाटको ब्याट्री प्याक, ९९ किलोवाट इलेक्ट्रिक मोटर र २८८ एनएम टर्क रहेको छ। जसले ३५० किलोमिटर रेन्ज प्रदान गर्दछ।
साथै, १९१ एमएम ग्राउन्ड क्लियरेन्सका कारण यो नेपालका सडक अवस्थाका लागि उपयुक्त छ। यसमा १८ इन्च अलोय ह्वीलहरू पनि समावेश छन्। जसले यसको स्पोर्टी र प्रिमियम उपस्थिति अझ आकर्षक बनाउँछ।
बाहिरी डिजाइन ओमोठाको फ्युचरिस्टिक डिजाइन फिलोसफीमा आधारित छ। जसमा बोल्ड फ्रन्ट फेसिया, एरोडायनामिक प्रोफाइल समावेश छन्। जसले सडकमा शक्तिशाली उपस्थिति सिर्जना गर्दछ। भित्री भागमा प्रिमियम केबिन अनुभव, इलेक्ट्रिक सनरुफ, उच्च गुणस्तरका इन्टेरियर मटेरियल र आधुनिक प्रविधिको संयोजन रहेको छ।
यसमा ड्राइभर मसाज सिट, ८ सोनी स्पिकरहरूको इमर्सिभ अडियो सिस्टम र ठूलो ज्ञछ।ट इन्च वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले समावेश छ। जसले ड्राइभिङ अनुभवलाई अझ प्रिमियम बनाउँछ। सुरक्षाका दृष्टिले, यसमा १९ प्लस एडीएएस फिचरहरू र ५४० डिग्री सराउन्ड भ्यू क्यामेरा प्रणाली रहेको छ। जसले चालकलाई उच्च सुरक्षा र आत्मविश्वास प्रदान गर्दछ।
नयाँ ओमोडा ई५ प्रोको आधिकारिक मूल्य सिंगल टोन सिंगल टोन भेरियन्टका लागि ५१.५९ लाख तथा डबल टोन भेरियन्टका लागि ५१.९९ लाख निर्धारण गरिएको छ। सार्वजनिक भएको अवसरमा एसपीजी अटोमोबाइल्सले पहिलो ५० ग्राहकहरूका लागि ४९.९९ लाखको विशेष मूल्य र एक वर्षको निःशुल्क इन्स्युरेन्स उपलब्ध गराउने घोषणा गरेको छ।
जसले प्रारम्भिक ग्राहकहरूका लागि थप आकर्षक प्रस्ताव प्रदान गरेको छ। नयाँ यो गाडी अब देशभरका आधिकारिक शोरूममा बुकिङ तथा सोधपुछका लागि उपलब्ध भएको कम्पनीले जनाएको छ।
भर्खरै
लोकप्रिय
