- इनड्राइभको ‘रेट मिलाऔं, मःम खाऔं’ क्याम्पेनमा सहभागीहरूले मोलमोलाइ-थिममा आधारित विभिन्न खेलहरूमा उत्साहजनक सहभागिता जनाए।
- क्याम्पेनले इनड्राइभको यात्रु आफैंले भाडा तय गर्ने विशेषताबारे जनचेतना अभिवृद्धि गर्दै निष्पक्षता र लचकता उजागर गर्यो।
- सहभागीहरूले मोलमोलाइ चुनौतीहरु पूरा गर्दै निःशुल्क मःम र अन्य ब्रान्डेड उपहार सामाग्री पनि प्राप्त गरे।
काठमाडौं- विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले काठमाडौंका विभिन्न प्रमुख स्थानहरूमा ‘रेट मिलाऔं, मःम खाऔं’ क्याम्पेन सफलतापूर्वक सम्पन्न गरेको छ।
काठमाडौंको दैनिक जीवनमा प्रचलित मोलमोलाइ (बार्गेनिङ) चलनबाट प्रेरित यस अन्तरक्रियात्मक क्याम्पेनमार्फत सयौं सहभागीलाई आकर्षित गरिएको थियो। यो क्याम्पेन काठमाडौंका चार प्रमुख तथा व्यस्त क्षेत्रहरू बागबजार, जनबहाल, पिम्बहाल, र ठमेलमा सञ्चालन गरिएको थियो, जसमा करिब २,४०० जनाले प्रत्यक्ष रूपमा सक्रिय सहभागिता जनाएका थिए।
यस क्याम्पेनमार्फत काठमाडौंका शहरी युवा तथा विद्यार्थी समुदायमाझ इनड्राइभको प्रमुख विशेषता—यात्रुले आफ्नै भाडा प्रस्ताव गर्न सक्ने र चालकले त्यसलाई स्वीकार, अस्वीकार वा प्रतिप्रस्ताव गर्न सक्ने विशेष व्यवस्थाबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको थियो। ‘इनड्राइभसँग यात्रा, तपाईंकै रोजाइमा’ भन्ने मूल सन्देशसहित सञ्चालन गरिएको उक्त क्याम्पेनले यात्रु र चालक दुवैलाई थप स्वतन्त्रता, पारदर्शिता तथा लचकता प्रदान गर्ने इनड्राइभको विशिष्ट सेवामोडेललाई उजागर गरेको थियो। दुवै पक्षबीच आपसी सहमतिपछि अन्तिम भाडा निर्धारण हुने यस प्रणालीले निष्पक्ष तथा प्रयोगकर्ता-केन्द्रित यात्राको अनुभव प्रदान गर्ने सन्देश प्रवाह गरेको छ।
काठमाडौंको परम्परागत मोलमोलाइ चलनलाई प्रवर्द्धन गर्ने उद्देश्यले इनड्राइभले तोकिएका स्थानहरूमा विशेष ब्रान्डेड मःम स्टल समेत सञ्चालन गरेको थियो। क्याम्पेनअन्तर्गत सहभागीहरूले ह्वील स्पिन र मोलमोलाइ चुनौतीलगायत बार्गेनिङ-थिममा आधारित विभिन्न मनोरञ्जनात्मक खेल तथा अन्तरक्रियात्मक गतिविधिहरूमा उत्साहजनक सहभागिता जनाएका थिए। यी चुनौतीहरू सफलतापूर्वक पूरा गर्ने सहभागीहरूले निःशुल्क मःमका साथै इनड्राइभका विशेष ब्रान्डेड उपहार सामग्रीहरू प्राप्त गरेका थिए। कम्पनीका अनुसार सामाजिक सञ्जालमा समेत यस क्याम्पेनले उल्लेखनीय सहभागिता तथा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको थियो।
इनड्राइभ नेपालकी कन्ट्री रेप्रेजेन्टेटिभ रिता पोखरेलले काठमाडौंको स्थानीय बजार र दैनिक यातायात सेवामा मोलमोलाइ गर्ने चलन गहिरोसँग स्थापित रहेको उल्लेख गर्दै यसै परिचित व्यवहारलाई रमाइलो ढंगले प्रस्तुत गरी इनड्राइभको निष्पक्ष मूल्य निर्धारण अवधारणाबारे जनचेतना जगाउन यो अभियान चलाइएको बताइन्।
क्याम्पेन सञ्चालन गरिएका चारै स्थानबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त भएको जानकारी दिँदै उनले भनिन्, “यसले काठमाडौंका युवा यात्रुहरूले आफ्नो दैनिक यात्रामा थप विकल्प, पारदर्शिता र लचकताको अवधारणालाई सकारात्मक रूपमा ग्रहण गरेको देखाएको छ। साथै चालकहरूले पनि आफूअनुकूल भाडा छनोट गर्न पाउने निष्पक्ष अवसरबारे राम्रो बुझाइ विकास भएको पाएका छौं।”
उनले यस्ता पहलहरूले निष्पक्षता, पारदर्शिता र रोजाइको स्वतन्त्रताप्रतिको इनड्राइभको मूल दर्शनलाई समुदायसँग स्थानीय परिवेशअनुकूल र अर्थपूर्ण ढंगले जोड्न सहयोग पुर्याउने विश्वास व्यक्त गरिन्।
भर्खरै
लोकप्रिय
