अ
+
अ
अ
-
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गरेका छन्।
भारतको पाँच दिने औपचारिक भ्रमणमा रहेका रविले नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा अध्यक्ष नवीनलाई भेटेका हुन्।
भेटमा नेपाल-भारत सम्बन्धलाई अभिवृद्धि गर्ने, दुई छिमेकी देशहरूबीच सहयोगका क्षेत्रहरूको अन्वेषण गर्ने र राजनीतिक संवादलाई सुदृढ पार्ने विषयमा कुराकानी भएको थियो।
रास्वपाका वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन शाहले नेपाल-भारत सीमाका विषयमा दिएको अभिव्यक्तिले नेपालमा चर्को आलोचना खेपिरहेका छन्। यही बीचमा रहेको रास्वपाका सभापति लामिछानेको भारत भ्रमणलाई निकै चासोका साथ हेरिएको छ।

भर्खरै
लोकप्रिय
