जनकपुरधामका फलफूल व्यवसायी धर्नामा

जनकपुरधामका फलफूल व्यवसायी धर्नामा
+
-

जनकपुरधाम – जनकपुरधामस्थित जिरोमाइल फलफूलमण्डीका व्यवसायीहरू बजार खाली गराउने प्रक्रियाविरुद्ध धर्नामा बसेका छन्। जग्गाधनीले पर्याप्त समय नदिई प्रहरी प्रशासनको सहयोगमा बजार खाली गराउन खोजेको भन्दै व्यवसायीहरूले विरोध जनाएका हुन्।

जग्गाधनीले समय नै नदिई व्यवसायीहरूका लागि बनाइएको शौचालय भत्काएको र बजारमा जाने बाटो खन्न थालेपछि विरोध जनाउँदै त्यसको विरुद्धमा धर्नामा बसेका छन्।

व्यवसायीहरूका अनुसार करिब दुई दशकदेखि स्थानीय नवलकिशोर साहको आठ कठ्ठा जग्गा लिजमा लिएर फलफूल बजार सञ्चालन गर्दै आएका छन्। पछिल्लो समय जग्गा खाली गराउने विषयमा विवाद बढेको थियो।

उच्च अदालत जनकपुरले गत वैशाखको पहिलो साता जग्गाधनीको पक्षमा फैसला गर्दै बजार खाली गराउन आदेश दिएको थियो। व्यवसायीहरूले अदालतको आदेशको सम्मान गर्दै बजार खाली गर्न तयार रहेको बताएका छन्। तर हाल आँपको सिजन सुरु भइसकेकाले वैकल्पिक स्थानको व्यवस्था नभएसम्म कम्तीमा दुई महिनाको समय उपलब्ध गराउन माग गरेका छन्।

फलफूल तथा तरकारी व्यवसायी संघका महासचिव भुवनेश्वर पुर्वेले राज्यका निकायहरूले व्यवसायीहरूको व्यवस्थापनका लागि कुनै वैकल्पिक उपाय नगरेको आरोप लगाए। उनले जग्गाधनीले प्रहरी प्रशासनको सहयोगमा व्यवसायीहरूले निर्माण गरेका टहरा तथा संरचना भत्काउने प्रयास गरेको दाबी गर्दै त्यसकै विरोधस्वरूप आन्दोलनमा उत्रिनुपरेको बताए।

‘हामी अदालतको आदेश मान्न तयार छौँ। तर अहिले आँपको मुख्य सिजन भएकाले दुई महिनापछि आफै बजार खाली गर्छौं,’ पुर्वेले भने, ‘वैकल्पिक व्यवस्थाबिना तत्काल हटाउन खोजिँदा सयौँ व्यवसायी प्रभावित हुने अवस्था सिर्जना भएको छ।’

व्यवसायीहरूले बजारको सुरक्षित व्यवस्थापन, उचित स्थानान्तरण तथा दीर्घकालीन प्रवर्द्धनका लागि सम्बन्धित निकायको पहल आवश्यक रहेको बताएका छन्। उनीहरूका अनुसार बजार तत्काल हटाइए करिब २५० थोक व्यवसायीसहित झन्डै एक हजार फलफूल व्यवसायी प्रत्यक्ष रूपमा प्रभावित हुनेछन्।

यता जग्गाधनी नवलकिशोर साहले भने अदालतको आदेश तत्काल कार्यान्वयन हुनुपर्ने बताएका छन्। उनका अनुसार व्यवसायीहरूले विगत १० वर्षदेखि जग्गाको भाडा नतिरेको कारण कानुनी प्रक्रियाअनुसार बजार खाली गराउन लागिएको हो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…