अ
+
अ
अ
-
काठमाडौँ – भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ।
विदेशमन्त्री जयशंकरले लामिछानेसँगको भेटबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनले छलफल विकास साझेदारी र जनस्तरको सम्बन्धमा केन्द्रित रहेको र यसले विकास र समृद्धिलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
पाँच दिने भारत भ्रमणका लागि सोमबार दिल्ली गएका रास्वपा सभापति लामिछानेले आजै भारतीय जनता पार्टीका अध्यक्ष नितिन नबीनसँग पनि भेट गरेका थिए।
भर्खरै
लोकप्रिय
