देशसञ्चार चौतारीमा भाग-१४९

कुन्ति मोक्तानको ‘रामकहानी’

+
-

काठमाडौँ-  गायिका कुन्ति मोक्तान यसपटकको देशसञ्चार चौतारीमा आइन् र करिब २ घन्टा सहकर्मीहरूका प्रश्नका जवाफ दिइन्।

उनले दार्जिलिङ नेपाल आएयताका ४० वर्षका संघर्ष र सम्झनाहरू देशसञ्चार चौतारीमा खोलिन्।

उनले गाएका गीतहरू- खुट्टा तान्दै गर, गोठालो जाँदा लाएका माया, चोली राम्रो पाल्पाली ढाकाको- एकदमै हिट छन्। उनले चौतारीका क्रममा यी गीतहरूको अन्तर्य पनि खोलिन्।

आफूले गाएका थुप्रै सिर्जनाहरू हिट भएको तर अहिले एउटा गीत भाइरल भएपछि गायकगायिका हिट हुने बताइन् उनले।

२२ वर्षको उमेरमा पहिलोपटक गीत रेकर्ड गर्न नेपाल आएकी कुन्ति मोक्तान २४ वर्षको उमेरमा शिलाबहादुर मोक्तानसँग नेपाल आइन् र नेपाललाई सधैँको घर बनाइन्।

‘मिरा राणा, नारायणगोपालहरूले मलाई नेपालमा बोलाउनुभयो,’ उनले भनिन्।

दार्जिलिङमा छँदा नै उनले अलइन्डिया रेडियोबाट धेरै गीत गाइसकेकी थिइन्। तर, नेपाल गएर सारा नेपालीहरूलाई नेपाली गीत सुनाउँ भन्ने उनलाई थियो।

अल इन्डिया रेडियोमा उनले सुरुमा लोकभाकाका गीत गाएकी थिइन् भने नेपालमा आएर ‘कहिलेकाहिँ मलाई पनि हेरिदेऊ है फर्किएर’ रेकर्ड गराइन्। पहिलो गीत नै धेरै हिट भयो।

अचेल गीतहरूको रिमिक्स गर्ने परम्परा आफूलाई त्यत्ति मन नपर्ने उनले बताइन्। रिमिक्स गीतहरूमा पुरानो गहिराइ नआउने उनी बताउँछिन्।

कार्यक्रमका क्रममा गायिका मोक्तानले नारायणगोपालको आफूले गाइरहने सिर्जना पनि सुनाइन्- ‘लौ सुन म भन्छु मेरो रामकहानी’, अनि आफ्नो रामकहानी सुनाइन्। उनले गोपाल योञ्जनको आफूलाई मन पर्ने सिर्जना पनि देशसञ्चार चौतारीका क्रममा सुनाएकी थिइन्।

पूरा भिडियो:

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…