नेपालले भारतको धेरै ठाउँमा सीमाना मिचेको छ भनेर प्रधानमन्त्रीले देशद्रोही कुरा गरे: ओली

नेपालले भारतको धेरै ठाउँमा सीमाना मिचेको छ भनेर प्रधानमन्त्रीले देशद्रोही कुरा गरे: ओली
+
-
देशसञ्चार AI सारांश
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शाहले नेपालले भारतको सीमाना मिचेको भनाइलाई देशद्रोही भनेका छन्।
  • ओलीले संसदमा देशविरोधी भाषणको प्रसङ्ग उठाएर नेपाली जनताको अपमान भएको आरोप लगाएका छन्।
  • प्रधानमन्त्रीको भनाइप्रति समर्थन जनाउनेलाई अचम्म मान्दै ओलीले यस्तो भाषण संसदबाट नबोल्नुपर्ने धारणा राखे।

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले भारतको धेरै ठाउँमा सीमाना मिचेको छ भनेर देशद्रोही कुरा गरेको बताएका छन्।

बुधबार नेकपा एमालेको संगठन विभागले आयोजना गरेको दुई दिने सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा कार्यशालालाई सम्बोधन गर्दै ओलीले नेपालले धेरै ठाउँमा होइन, एक ठाउँमा पनि भारतको जमिन नमिचेको बताउँदै प्रधानमन्त्रीले देशद्रोही कुरा गरेको बताए।

उनले प्रधानमन्त्रीले देश द्रोही कुरा गरेर नेपाली जनालाई हेपेको आरोप लगाए। उहाँ (प्रधानमन्त्री)ले देशद्रोही कुरा गर्नुभयो, नेपालले भारतको धेरै ठाउँमा सीमाना मिचेको छ भनेर। धेरै ठाउँमा होइन, एक ठाउँमा पनि एक इन्च पनि भारतको जमिन नेपालले मिचेको छैन’, ओलीले भने ‘प्रधानमन्त्री त्यसदिन (प्रधानमन्त्री संसदमा बोल्ने दिन) न कार्यक्रम, न प्रश्नोउत्तर, न नियमावलीअनुसारको कुरा, न बोलाई, अनि गएर अचानक के सन्देश दिन खोजेको, कसलाई सुनाउन खोजेको, नेपाली जनालाई हेप्न त यो भन्दा बढी हेप्ने ठाउँ नै हुँदैन।’

उनले यस्तो राष्ट्रघाती भाषण संसदबाट बोल्न नहुने बताउँदै कसको हितका लागि, कसको पक्षमा नेपालको अहितमा यत्रो देशद्रोही कुरा गरेको भनेर प्रश्न पनि गरे। प्रधानमन्त्रीले देशद्रोही कुरा गर्दा पनि कतिपय मान्छेहरू समर्थन गरेर हिडेको बताउँदै ओलीले अचम्म लागेको भनाइ राखे।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…