अ
+
अ
अ
-
काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले दिएको सीमासम्बन्धी अभिव्यक्तिविरुद्ध नेपाली कम्युनिष्ट पार्टीका जनवर्गीय संगठनहरूले प्रदर्शन गरेका छन्।
बिहीबार काठमाडौँको माइतीघर मण्डलामा नेकपाका जनवर्गीय संगठनहरूले संयुक्त रुपमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागीहरूले ‘राष्ट्रघाती अभिव्यक्ति फिर्ता लेऊ, राष्ट्रिय स्वाभिमान बेच्न पाइँदैन, श्रम आयोग गठन गर, देशभित्रै रोगगारीको व्यवस्था गर’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
प्रधानमन्त्री शाहले जेठ १७ गते प्रतिनिधिसभा बैठकमा बोल्दै नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिको चौतर्फी विरोध भइरहेको छ।

भर्खरै
लोकप्रिय
