नेपालमा सुरु भयो उबरको सेवा

नेपालमा सुरु भयो उबरको सेवा
+
-
देशसञ्चार AI सारांश
  • उबरले काठमाडौंमा नेपालका लागि आफ्नो औपचारिक सेवा सुरु गरेको घोषणा गर्दै उच्च सरकारी अधिकारीहरूको उपस्थिति थियो।
  • उबरले नेपालमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे सेवाहरू प्रदान गर्दै यात्रुहरूलाई सरल र भरपर्दो विकल्पहरू दिने शपथ गर्यो।
  • नेपालको पर्यटन क्षेत्र र अर्थतन्त्रलाई समर्थन गर्ने विश्वासका साथ उबरको आगमनले यातायातमा सहजीकरण ल्याउने अपेक्षा गरिएको छ।

विश्वव्यापी राइड सेयरिङ एप उबरले शुक्रबारदेखि नेपालमा आफ्नो आधिकारिक सेवा सुरु गरेको घोषणा गरेको छ।

कम्पनीले काठमाडौंमा औपचारिक कार्यक्रम गरी सेवा सुरु भएको घोषणा गरेको हो।

कार्यक्रममा पर्यटन मन्त्रालयका सचिव, पूर्वाधार विकास मन्त्रालयका सचिव लगायत उच्च सरकारी अधिकारी पनि सहभागी थिए।

‘दक्षिण एशियाका तीव्र गतिमा विकसित हुँदै गएका शहरी बजारहरूमध्ये एक नेपालमा उबरको विश्वसनीय यातायात प्लेटफर्म उपलब्ध भएको छ। यो सुरुवातसँगै नेपाल एक दशकयता दक्षिण एशियामा उबरले प्रवेश गरेको पहिलो नयाँ बजार पनि बनेको छ, जसले उबरको विश्वव्यापी विस्तार यात्रामा यस क्षेत्रको रणनीतिक महत्त्वलाई थप सुदृढ बनाएको छ,’ उबरले विज्ञप्तिमा भनेको छ।

नेपालमा उबरले चारपाङ्ग्रे सवारीअन्तर्गत उबर गो र उबेर कम्फर्ट तथा दुईपाङ्ग्रे सवारीअन्तर्गत उबर बाइक सेवा सञ्चालनमा ल्याएको छ। यी सेवाहरूले यात्रुहरूलाई शहरभित्र आवतजावतका लागि सरल, भरपर्दो र सहज विकल्प प्रदान गर्ने उबरले जनाएको छ।

नेपाल अब ७० भन्दा बढी देशहरूमा फैलिएको उबरको विश्वव्यापी सञ्जालको हिस्सा बनेको छ।

उबरको एशिया–प्रशान्त क्षेत्रका राइड्स विभागका क्षेत्रीय महाप्रबन्धक डोमिनिक टेलरले भने, ‘हामी नेपालमा उबर सेवा सुरु गर्न पाउँदा उत्साहित छौँ र नेपाललाई उबरको विश्वव्यापी मोबिलिटी बजारको सञ्जालमा स्वागत गर्दछौँ। बढ्दो डिजिटल पहुँच, शहरी यातायातको आवश्यकता र फस्टाइरहेको पर्यटन अर्थतन्त्रले नेपाललाई एक गतिशील तथा तीव्र रूपमा विकसित भइरहेको बजार बनाएको छ।’

नेपालमा उबरको सुरुवातलाई स्वागत गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले भने, ‘पर्यटन नेपाली अर्थतन्त्रको प्रमुख आधारहरूमध्ये एक हो र यातायात तथा पहुँचको सहजताले यस क्षेत्रको भावी विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। विश्वका ८० भन्दा बढी देशका लाखौँ यात्रुहरूले प्रयोग गर्ने विश्वसनीय प्लेटफर्मको रूपमा उबरको नेपाल आगमनले अन्तर्राष्ट्रिय पर्यटन नक्सामा नेपालको स्थानलाई थप मजबुत बनाउनेछ। यो सेवाले विदेशी पर्यटक तथा नेपाली नागरिक दुवैका लागि यात्रालाई अझ सहज र सुविधाजनक बनाउने विश्वास लिएका छौँ।’

त्यसैगरी भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले भने, ‘नेपाल सरकार उबरलाई नेपालमा स्वागत गर्न पाउँदा खुशी छ। यो आधुनिक, डिजिटल र समावेशी यातायात प्रणाली निर्माणतर्फको हाम्रो यात्रामा एक महत्त्वपूर्ण उपलब्धि हो। उबरको प्रवेशले नेपालको आर्थिक सम्भावनाप्रति अन्तर्राष्ट्रिय विश्वास बढिरहेको तथा विश्वव्यापी लगानी र व्यवसायका लागि अनुकूल वातावरण निर्माण गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ।’

तस्बिरहरू : सुर्याम्स उप्रेती/ नेपाल फोटो लाइब्रेरी

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…