कांग्रेसले फेरि थप्यो क्रियाशिल सदस्यता नविकरण गर्ने समय

कांग्रेसले फेरि थप्यो क्रियाशिल सदस्यता नविकरण गर्ने समय
+
-
देशसञ्चार AI सारांश
  • कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि जेठ २८ गतेसम्म थप गरेको छ।
  • देशभर सदस्यता अद्यावधिक कार्य उत्साहजनक रूपमा भए पनि अपुग समयका कारण म्याद थपिएको हो।
  • सदस्यता अद्यावधिकको अभियान क्रममा शेरबहादुर देउवा पक्ष र संस्थापन पक्षबीच विवाद चलिरहेको छ।

काठमाडौँ – कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि फेरि थप गरेको छ ।

पार्टीका महामन्त्री एवं सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलको अध्यक्षतामा केन्द्रीय कार्यालयमा बसेको बैठकले बिहीबार सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ गते राति १२ः०० बजेसम्म थप्ने निर्णय गरेको हो।

देशभर क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको अवस्थामा समय अपुग भएको गुनासो आएपछि समथ थप गरिएको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।

दुलालका अनुसार यो समयावधि थपलाई अन्तिम पटक भनिएको छ।

कांग्रेसको क्रियाशिल सदस्यता नवीकरण गर्नेको संख्या घट्दै गएको छ। २०७८ सामा भएको पार्टीको १४ औं महाधिवेशनमा ८ लाख ५० हजार क्रियाशील सदस्य रहेको कांग्रेसको दाबी छ।

गत पुससम्म चार लाख ५० हजारले नवीकरण गरेका थिए। एक लाख ५० हजारले नयाँ सदस्यता लिएका थिए ।

विद्युतीय माध्यमबाट वैशाख १ गतेदेखि सुरु गरिएको अभियानका क्रममा बिहीबारसम्म करिब चार लाखले मात्रै अध्यावधिक गराएका छन्। पछिल्ला केही दिनमा अध्यावधिक गर्नेको संख्या उल्लेख्य थियो।

क्रियाशिल सदस्यता अध्यावधिक गर्ने विषयमा कांग्रेसभित्र विवाद जारी छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले पुसमै सदस्यता नविकरण भइसकेकाले १५औँ महाधिवेशनका लागि त्यसैलाई आधार मान्नुपर्ने बताइरहेको छ। उक्त समूहले सदस्यता अध्यावधिक नगर्नसमेत भनेको छ। तर संस्थापन पक्षले विद्युतीय माध्यमबाट नवीकरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…