अ
+
अ
अ
-
नेपालगन्ज – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेकाे अध्यक्षका लागि चार जना अगाडि सरेका छन्।
आज भइरहेकाे जिल्ला अधिवेशनबाट जिल्लाकाे नेतृत्व लिन हरपालसिंह केसी, विवेक श्रेष्ठ, विनाेद अग्रहरी र आनन्दबाबु काफ्ले अगाडि सरेका हुन्।
चार जनाले जिल्ला अध्यक्ष हुन इच्छा जाहेर गरेपछि केही समय मिलाउने प्रयास गरिएकाे थियाे। चार जनाका बीचमा सर्वसम्मतिकाे प्रयास सफल नभएपछि चुनावी प्रक्रिया अगाडि बढाइएकाे छ।
अध्यक्षका आकांक्षी विनाेद अग्रहरीले चार जनाले अध्यक्षमा उम्मेदवारी दिएकाे जानकारी दिए। अधिवेशनमा दुई सयभन्दा बढी मतदाता छन्।
यसैबीच, अध्यक्षकाे उम्मेदवार हुन नपाएकाे भन्दै हिरालाल प्रसाईले राजीनामा दिएका छन्। प्रसाईले सामाजिक सञ्जालमार्फत आजैको मितिदेखि रास्वपा छाेडेकाे घाेषणा गरेका हुन्।
भर्खरै
लोकप्रिय
