रास्वपामा १८ जिल्ला सभापति चयन, बाँकीमा हुँदैछ अधिवेशन

रास्वपामा १८ जिल्ला सभापति चयन, बाँकीमा हुँदैछ अधिवेशन
+
-
देशसञ्चार AI सारांश
  • रास्वपाले बागमती र कोशी प्रदेशका विभिन्न जिल्लामा अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ।
  • बागमतीका १३ मध्ये ९ जिल्लामा अधिवेशन सकिएको छ, चितवन, रसुवा र ललितपुरमा अधिवेशन आज हुनेछ।
  • कोशी प्रदेशका १४ मध्ये ९ जिल्लामा नयाँ जिल्ला कार्यसमिति चयन भइसकेको र बाँकी आज हुनेछ।

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बागमती र कोशी प्रदेशका विभिन्न जिल्लाको अधिवेशनहरू सम्पन्न गरेको छ। दुवै प्रदेशहरुमा नयाँ नेतृत्व चयन प्रक्रिया अधिंकासमा सकिंदा केहीमा आज हुँदै छ।

बागमती प्रदेशका १३ मध्ये ९ जिल्लामा अधिवेशन सकिएर नयाँ कार्यसमिति बनिसकेका छन्। काठमाडौंमा राजा शाक्य, भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रबिन ढकाल र सिन्धुलीमा अविनाश बस्नेत सभापति छानिएका छन्।

त्यसैगरी रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल र मकवानपुरमा सन्जिव पाठकले नेतृत्वको जिम्मेवारी पाएका छन्। त्यस्तै चितवन, रसुवा र ललितपुरमा आज अधिवेशनको कार्यतालिका रहेको छ भने सिन्धुपाल्चोकमा हिजो सुरु भएको अधिवेशन केही समयका लागि स्थगित गरिएको छ।

त्यस्तै कोशी प्रदेशका १४ मध्ये ९ जिल्लामा पनि नयाँ जिल्ला कार्यसमिति चयन भएका छन्। सुनसरीमा सागर दाहाल, झापामा ओम भण्डारी, ताप्लेजुङमा राजन कुमार गुरुङ र मोरङमा भरत कडेल सभापति निर्वाचित भएका छन्।

त्यस्तै तेह्रथुममा सुमन खत्री, भोजपुरमा ख्याम बहादुर भुजेल, संखुवासभामा भक्त नारायण श्रेष्ठ र ओखलढुंगामा कृष्णबहादुर थापाले नेतृत्व सम्हालेका छन्। बाँकी रहेका धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा पनि आजै अधिवेशन सम्पन्न गर्ने गरी प्रक्रिया अगाडि बढिरहेको रास्वपाले जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…