अ
+
अ
अ
-
काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले शासकीय सुधारका सय वटा कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएकी छन्।
आइतबार मन्त्रालयका सञ्चारकमीसँगको भेटघाटमा उनले प्रधानमन्त्री वालेन्द्र शाहले उक्त कार्यसूचीमा काम गर्न निर्देशन दिएकाले त्यसलाई सम्पन्न गर्न आफूहरुको ध्यान केन्द्रित भएको बताएकी हुन्।
मन्त्री मेहताले मन्त्रालयमा धेरै सुधारका कामहरू गर्नुपर्ने कुरामा जानकार रहेको भन्दै आगामी दिनमा ती कामलाई सम्पन्न गर्न लागिपर्ने प्रतिबद्धतासमेत व्यक्त गरिन्।
उनले आफ्नो मन्त्रालयले कम्तिमा १५ दिनमा सञ्चारकर्मीहरूसँग भेटघाट गरी मन्त्रालयको कामकारबाहीका बारेमा जानकारी गराउने पनि बताइन्। मन्त्री मेहताले मन्त्रालयमा आउने गरेका गुनासोहरू पनि सम्बोधन हुँदै जाने उल्लेख गरिन्।
भर्खरै
लोकप्रिय
