अ
+
अ
अ
-
काठमाडौँ – तीन दिने भारत भ्रमण सकेर परराष्ट्रमन्त्री शिशिर खनाल स्वदेश फर्किएका छन्।
शुक्रबार भारत भ्रमणमा गएका मन्त्री खनाल आइतबार स्वदेश फर्किएका हुन्।
भारत भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री डा. एस जयशंकर, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेलगायतसँग भेट गरेका थिए।
शनिबार मन्त्री खनाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल र विदेशमन्त्री जयशंकर नेतृत्वको भारतीय टोलीबीच दुई पक्षीय छलफलसमेत भएको थियो।
भर्खरै
लोकप्रिय
