एनसेल ग्राहकलाई अल्टिमाका ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट

एनसेल ग्राहकलाई अल्टिमाका ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट
+
-
देशसञ्चार AI सारांश
  • एनसेल र अल्टिमा लाइफस्टाइलबीचको सम्झौता अनुसार एनसेल ग्राहकहरूलाई अल्टिमाका ग्याजेटमा ६० प्रतिशतसम्म छुट प्राप्त हुनेछ।

  • यो विशेष छुटमा सहभागी हुन एनसेलका ग्राहकहरूले रु. ९९ वा सोभन्दा माथिको प्याक खरिद गर्नुपर्नेछ।

  • अफर एनसेल एपमार्फत सञ्चालित हुने र ग्राहकहरूले ‘पार्टनर्स सर्भिसेज’ मा अल्टिमा रोज्नुपर्नेछ।

काठमाडौँ- एनसेलका ग्राहकहरूका लागि एउटा खुसीको खबर छ । एनसेल र अल्टिमा लाइफस्टाइलबीच भएको नयाँ साझेदारी अनुसार अब एनसेलका सम्पूर्ण ग्राहकहरूले अल्टिमाका विभिन्न ग्याजेट तथा लाइफस्टाइल सामग्रीहरूको खरिदमा ६० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने भएका छन् ।

यस विशेष अफर सम्बन्धी सम्झौता पत्रमा एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्त र अल्टिमा लाइफस्टाइलका प्रमुख कार्यकारी अधिकृत (CEO) अमित अग्रवालले हस्ताक्षर गरेका छन् ।

यो योजना अन्तर्गत ग्राहकहरूले साउन्ड बार, स्पिकर, वायरलेस एअर बड्स, स्मार्टवाच, र पावर बैङ्क जस्ता अनेकौँ उपयोगी ग्याजेटहरू विशेष छुटमा खरिद गर्न पाउनेछन् । अल्टिमा लाइफस्टाइलले यस योजना अन्तर्गत खरिद गरिएका सामग्रीहरू नेपालभर डेलिभरी गर्ने व्यवस्था समेत मिलाएको छ ।

यो छुट योजनाको लाभ लिनका लागि एनसेलका प्रिपेड ग्राहकहरूको हकमा रु. ९९ वा सोभन्दा माथिको डेटा, भ्वाइस वा कम्बो प्याक सक्रिय हुनुपर्नेछ भने पोस्टपेड ग्राहकहरूको हकमा रेन्टल प्लान सक्रिय भएको हुनुपर्नेछ ।

हाल यो योजनामा योग्य नभएका ग्राहकहरूले पनि रु. ९९ वा सोभन्दा माथिको कुनै पनि प्याक खरिद गरेर तुरुन्तै यस अफरमा सहभागी हुन सक्नेछन् । ग्राहकहरूले आफ्नो सक्रिय प्याक वा रेन्टल प्लानको अवधिभर यो छुट सुविधा पटक–पटक प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ ।

यो अफर पूर्ण रूपमा एनसेल एपमार्फत सञ्चालन गरिएको छ । छुट पाउनका लागि ग्राहकले आफ्नो मोबाइलमा रहेको एनसेल एप खोली ‘पार्टनर्स सर्भिसेज’ (Partner Services) मा गएर अल्टिमा लाइफस्टाइल रोज्नुपर्ने हुन्छ ।

प्रयोगकर्ताको नाममा दर्ता रहेको मोबाइल नम्बरका आधारमा प्रणालीले स्वतः योग्यता जाँच गर्नेछ र ग्राहकले छुटसहित तिर्नुपर्ने रकम एनसेल एपमै देखिनेछ ।

साझेदारीका बारेमा बोल्दै एनसेलका चिफ कन्जुमर बिजनेस अफिसर उपाङ्ग दत्तले आफ्ना ग्राहकहरूलाई अल्टिमा ग्याजेटहरूमा ६० प्रतिशतसम्म छुट प्रदान गर्ने योजना ल्याउन पाउँदा उत्साहित भएको बताएका छन् ।

अल्टिमा लाइफस्टाइलसँगको यस सहकार्यले ग्राहकहरूको डिजिटल जीवनशैलीलाई थप समृद्ध बनाउन मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…