काठमाडौंमा दुई अल्ट्रा लग्जरी होटल सञ्चालन गर्न म्यारियट इन्टरनेशनल र सीजी हस्पिटालिटीबीच सम्झौता

काठमाडौंमा दुई अल्ट्रा लग्जरी होटल सञ्चालन गर्न म्यारियट इन्टरनेशनल र सीजी हस्पिटालिटीबीच सम्झौता
+
-
देशसञ्चार AI सारांश
  • म्यारियट इन्टरनेशनल र चौधरी ग्रुपले काठमाडौंमा ‘द रिट्ज–कार्लटन’ र ‘द वेस्टिन’ सञ्चालनका लागि सम्झौतामा हस्ताक्षर गरेका छन्।
  • यी नयाँ होटलहरूले करिब ३०० कोठा थप्दै म्यारियट ब्रान्डलाई पहिलोपटक नेपालको राजधानीमा भित्र्याउनेछन्।
  • यस सहकार्यले नेपालको पर्यटन उद्योगलाई उचाइमा पुर्‍याउने र धेरै स्थानमा रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ।

काठमाडौं- म्यारियट इन्टरनेशनल इन्क र चौधरी ग्रुपको हस्पिटालिटी विंङ् सीजी हस्पिटालिटी ग्लोबलबीच नेपालमा दुई नयाँ अल्ट्रा लग्जरी तथा प्रिमियम होटलहरू सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

यस ऐतिहासिक सम्झौताअनुसार काठमाडौंमा ‘द रिट्ज–कार्लटन काठमाडौं’ र ‘द वेस्टिन काठमाडौं’ सञ्चालनमा आउनेछन्। यस सहकार्यले म्यारियटको पोर्टफोलियोमा करिब ३०० वटा ‘की’ (कोठा) थप्नुका साथै यी विश्वप्रसिद्ध ब्रान्डहरूलाई पहिलोपटक नेपालको राजधानीमा भित्र्याउनेछ। यी होटलहरू सन् २०३१ सम्ममा पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच म्यारियट इन्टरनेशनलका बोर्ड अध्यक्ष डेभिड म्यारियट र चौधरी ग्रुपका अध्यक्ष डा. बिनोद चौधरी लगायत दुवै कम्पनीका उच्च अधिकारीहरूको उपस्थितिमा यो सम्झौता सम्पन्न भएको हो।

वेस्टिन र रिट्ज–कार्लटन काठमाडौं होटलहरू नेपालका अग्रणी व्यावसायिक घरानाहरू चौधरी ग्रुप, आईईजी ग्रुप, आईजे ग्रुप र शर्मा एण्ड कम्पनीको संयुक्त साझेदारीमा निर्माण हुन लागेका हुन्। यस सम्झौताले दुई कम्पनीबीच दक्षिण एशियामा रहेको बलियो व्यावसायिक सम्बन्धलाई अझ बढी विस्तार गर्ने विश्वास लिइएको छ।

राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा स्थापना हुने ‘द रिट्ज–कार्लटन काठमाडौं’ मा ३० वटा सुइटसहित १५० वटा आकर्षक कोठाहरू रहनेछन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोमिटरको दूरीमा रहने यस होटलमा ५ वटा फरक रेस्टुरेन्ट, आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर, स्पा र ११०० वर्गमिटरभन्दा बढीको अत्याधुनिक सभाहल रहनेछ।

त्यसैगरी, विमानस्थलबाट ७ किलोमिटर दूरीमा स्थापना हुने ‘द वेस्टिन काठमाडौं’ मा पनि १५० वटा प्रिमियम कोठा, तीनवटा डाइनिङ स्थल, रूफटप स्विमिङ पुल र स्वास्थ्य तथा सन्तुलित जीवनशैलीलाई लक्षित गरी वेस्टिन ब्रान्डको विशेष वेलनेस कार्यक्रमहरू उपलब्ध हुनेछन्।

सम्झौतापछि म्यारियट इन्टरनेशनलका एशिया प्रशान्त (चीन बाहेक) का अध्यक्ष राजीव मेनन र सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीले यस सहकार्यप्रति खुसी व्यक्त गरेका छन्।

उनीहरूले यी परियोजनाहरूले नेपालको पर्यटन उद्योगलाई नयाँ उचाइमा पुर्‍याउने, स्थानीय स्तरमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्ने र देशको दीर्घकालीन आर्थिक एवं क्षेत्रीय विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…