रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी

रास्वपा रुपन्देहीको सभापतिमा उपाध्याय विजयी
फाइल तस्बिर ।
+
-
देशसञ्चार AI सारांश
  • महेन्द्रप्रसाद उपाध्याय राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देहीको सभापतिमा १५३ मतान्तरले आशिष न्यौपानेलाई पराजित गरी विजयी भए।
  • दुर्गाप्रसाद अर्यालले जिल्ला उपसभापति पदमा २३८ मतले र रचना क्षेत्रीलाई पराजित गर्दै आफ्नो विजय प्राप्त गरे।
  • खडानन्द पौडेल, विष्णुप्रसाद पौडेल, छविलाल शर्मा, विश्वनाथ शर्मा, र शेषकान्त गैरे क्षेत्र संयोजक पदमा निर्वाचित भए।

रुपन्देही- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको सभापतिमा महेन्द्रप्रसाद उपाध्याय निर्वाचित भएका छन् ।

आइतबार तिलोत्तमा नगरपालिका- ५ स्थित मणिग्राममा सम्पन्न अधिवेशनबाट प्रतिस्पर्धी आशिष न्यौपानेलाई एक सय ५३ मतान्तरले पराजित गर्दै उपाध्याय निर्वाचित भएका हुन् । उपाध्यायले दुई सय ९६ र न्यौपानेले एक सय ४३ मत प्राप्त गरेका छन् ।

यस्तै, जिल्ला उपसभापतिमा दुर्गाप्रसाद अर्याल विजयी हुनुभएको छ । अर्यालले दुई सय ३८ र प्रतिस्पर्धी रचना क्षेत्रीले एक सय ८९ मत प्राप्त गरिन् । सचिवमा ज्ञानेन्द्र पाण्डे दुई सय ३७ मतसहित विजयी हुँदा प्रतिस्पर्धी मोहनविक्रम जिसीले दुई सय तीन मत प्राप्त गरे ।

सहसचिवमा बाबुराम अर्याल दुई सय ७९ मतसहित विजयी भए भने प्रतिस्पर्धी प्रेमनारायण तिवारीले एक सय ४८ मत प्राप्त गरे ।

कार्यसमिति सदस्यमा शर्मिला आचार्य (३२२), अनिता पन्थी (२६७), जमुना सापकोटा (१६०), रामनाथ हरिजन (१७२) र राजबहादुर क्षेत्री (२४०) विजयी भएका छन् ।

निर्वाचन समितिका अनुसार क्षेत्र नं १ को संयोजकमा खडानन्द पौडेल, क्षेन नं २ को संयोजकमा विष्णुप्रसाद पौडेल, क्षेन नं ३ मा छविलाल शर्मा, क्षेन नं ४ मा विश्वनाथ शर्मा र क्षेन नं ५ मा शेषकान्त गैरे (समिर) विजयी भए ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…