अ
+
अ
अ
-
काठमाडौँ- प्रतिनिधिसभाको सोमबारको बैठकमा विपक्षी दलहरूको विरोधका कारण बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन्।
बिहान ११ बजेका लागि बोलाइएको बैठक विपक्षी दलहरूसँग सहमति नजुट्दा १ बजे मात्र सुरु भएको थियो। जारी बैठकमा विपक्षी दलहरूले सीमा सम्बन्धी प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिको जवाफ खोजेका थिए।
यसका साथै, करको दर हेरफेर र त्यस सम्बन्धी सूचना ‘लिक’बारे अर्थमन्त्रीमाथि छानविनको मागसमेत गरेका थिए।
तस्बिरहरू:

वर्षमान पुन। तस्बिर: बर्षा शाह/देशसञ्चार

भर्खरै
लोकप्रिय
