‘आर्थिक अपराध’मा अर्थमन्त्रीमाथि छानबिन गरौँ : उपनेता अर्याल

‘आर्थिक अपराध’मा अर्थमन्त्रीमाथि छानबिन गरौँ : उपनेता अर्याल
+
-
देशसञ्चार AI सारांश
  • उपनेता पद्यमा कुमारी अर्यालले आर्थिक विधेयकमा कर हेरफेरलाई लिएर संसदीय छानबिनको माग गरेकी छिन्।

  • उनले संसदमा पेस भएको आर्थिक विधेयकमा मन्त्रालयमा अनाधिकृत परिवर्तनलाई आर्थिक अनुशासनको उल्लंघन भनेकी छिन्।

  • प्रधानमन्त्रीको गैरजिम्मेवार अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा आँच आएको भन्दै एमालेले अडान कायम राखेको छ।

काठमाडौँ – एमाले संसदीय दलकी उपनेता पद्यमा कुमारी अर्यालले आर्थिक विधेयकमा गरिएको करका दर हेरफेरको विषयलाई लिएर संसदीय छानबिनको माग गरेकी छिन्।

प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमा आँच पु¥याएको र बजेट निर्माणमा गम्भीर आर्थिक अपराध भएको भन्दै उच्चस्तरीय छानबिनको माग गरेकी हुन्।

सत्तापक्ष र प्रतिपक्षबीच सदन सुचारु गर्ने विषयमा संवाद जारी रहे पनि एमालेले आफ्ना मागहरूमा अडान कायम राखेको छ । उपनेता अर्यालले आर्थिक विधेयक संसद्मा पेस भइसकेपछि मन्त्रालयमा लगेर करका दर र अङ्कहरू हेरफेर गरिनुलाई ‘आर्थिक अपराध’ भन्दै टिप्पणी गरिन्।

संसदको क्षेत्राधिकारभित्र रहेको विधेयकमा अनाधिकृत रूपमा परिवर्तन गरिनु आर्थिक अनुशासनको गम्भीर उल्लंघन भएको उनको तर्क छ । विशेषगरी चिनियाँ विद्युतीय सवारी साधन ‘बीवाईडी’ को कर हेरफेरमा चरम घोटाला भएको दाबी गर्दै उहाँले यसलाई नीतिगत नभई ‘नियतगत भ्रष्टाचार’ भएको टिप्पणी गरे।

विगतमा आर्थिक वर्ष २०७९÷८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश र कर हेरफेरको विवादमा संसदीय विशेष समिति बनेको नजिर स्मरण गराउँदै अर्यालले यसपटक पनि सत्यतथ्य निरूपणका लागि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गरिन्।

उनले भनिन्, ‘संसद्मा एउटा अङ्क पास गर्ने र मन्त्रालयमा पु¥याएर अर्को अङ्क राख्ने कार्य कसको स्वार्थका लागि गरियो ? यसबाट लाभान्वित हुने निश्चित समूह र व्यक्तिहरू को हुन् ? यसको जवाफ सम्बन्धित मन्त्रीले दिनुपर्छ।’

उपनेता अर्यालकाअनुसार प्रधानमन्त्री बालेन्द्र साहले कुटनीतिक मर्यादा विपरित र राष्ट्रिय सार्वभौमिकतामा खलल पुग्ने गरी दिएको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिका सम्बन्धमा संसद्मा स्पष्ट जवाफ नआएसम्म विरोध जारी रहनेछ ।

हाल सत्तापक्ष र प्रतिपक्षबीच निकासका लागि विभिन्न विकल्पमा छलफल भइरहे पनि एमालेले राष्ट्रिय हित र आर्थिक पारदर्शिताको मुद्दामा सम्झौता नगर्ने स्पष्ट पारेको छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…