ग्लोबल आइएमई बैंक र भाटभटेनीबीच सम्झौता: शून्य प्रतिशत ईएमआईमा विशेष क्रेडिट कार्ड सुविधा

ग्लोबल आइएमई बैंक र भाटभटेनीबीच सम्झौता: शून्य प्रतिशत ईएमआईमा विशेष क्रेडिट कार्ड सुविधा
+
-
देशसञ्चार AI सारांश
  • ग्लोबल आइएमई बैंक र भाटभटेनीको सम्झौताले खरीददारलाई शून्य प्रतिशत ब्याज दरमा ‘अन-द-फ्लाई’ EMI सुविधा प्रदान गर्न सहयोग गर्छ।
  • ग्राहकहरूले कुनै अतिरिक्त कागजी प्रक्रिया बिना नै ३ देखि १८ महिनासम्मको किस्ताबन्दी अवधिको छनोट गर्न सक्छन्।
  • ग्लोबल बिबिएसएम क्लब कार्डले नियमित ग्राहकहरूलाई विशेष अफर, छुट तथा आकर्षक योजनाको लाभ दिन्छ।

काठमाडौँ- ग्लोबल आइएमई बैंक लिमिटेड र भाटभटेनी सुपरमार्केटबीच ग्राहकहरूलाई विशेष किस्ताबन्दी सुविधा प्रदान गर्ने सम्बन्धी एक व्यावसायिक सम्झौता भएको छ ।

डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र आधुनिक वित्तीय सेवा विस्तार गर्ने उद्देश्यका साथ गरिएको यस सम्झौता अन्तर्गत ग्राहकले भाटभटेनीका जुनसुकै स्टोरबाट सामान खरिद गर्दा शून्य प्रतिशत ब्याजदरमा ‘अन–द–फ्लाई’ ईएमआई (EMI) सुविधा पाउनेछन् ।

यस योजना अन्तर्गत ग्लोबल आइएमई बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले न्यूनतम १५ हजार रुपैयाँ वा सोभन्दा बढीको सामान खरिद गर्दा तत्कालै किस्ताबन्दी सुविधा प्राप्त गर्न सक्नेछन् ।

कुनै अतिरिक्त कागजी प्रक्रिया बिना नै ग्राहकले आफ्नो अनुकूलता अनुसार ३, ६, ९, १२ वा १८ महिनाको भुक्तानी अवधि छनोट गर्न पाउनेछन् ।

सबैभन्दा आकर्षक पक्ष के छ भने, यो किस्ताबन्दी योजनामा ग्राहकलाई कुनै पनि ब्याज वा प्रोसेसिङ शुल्क लाग्ने छैन, जसले गर्दा इलेक्ट्रोनिक्स र ठूला सामग्री खरिद गर्दा पर्ने आर्थिक भार कम हुनेछ ।

विशेष ‘ग्लोबल बिबिएसएम क्लब कार्ड’ को व्यवस्था

सहकार्यकै हिस्सा स्वरूप भाटभटेनीमा नियमित रूपमा सामान खरिद गर्ने ग्राहकहरूका लागि विशेष ‘ग्लोबल बिबिएसएम क्लब कार्ड’ (क्रेडिट कार्ड) जारी गरिने भएको छ ।

ग्राहकको कारोबार इतिहास र आर्थिक व्यवहारलाई हेरी १ लाख ५० हजारदेखि ३ लाख रुपैयाँसम्मको क्रेडिट सीमा (Credit Limit) भएको कार्ड उपलब्ध गराइनेछ ।

सुरुवाती चरणमा यो कार्ड भाटभटेनी र यसकै नेटवर्कभित्र मात्र प्रयोग गर्न सकिने र यसबाट ग्राहकले विशेष अफर, छुट तथा विभिन्न आकर्षक योजनाहरूको लाभ लिन सक्नेछन् ।

प्राविधिक साझेदारी र आगामी योजना

यस ईएमआई र कार्ड सुविधालाई कार्यान्वयन गर्न आईएमएस सफ्टवेयर प्रा.लि.ले प्राविधिक साझेदारको रूपमा सहयोग गरेको छ । आगामी दिनहरूमा ग्लोबल आइएमई बैंक र भाटभटेनीले संयुक्त रूपमा ग्राहकहरूका लागि थप आकर्षक छुट, क्यासब्याक र रिवार्ड जस्ता ग्राहक-केन्द्रित योजनाहरू सञ्चालन गर्ने लक्ष्य राखेका छन् ।

प्रतिष्ठित र देशव्यापी सञ्जाल भएको बैंक

ग्लोबल आइएमई बैंक नेपालको निजी क्षेत्रकै पहिलो वाणिज्य बैंक हो, जसको सञ्जाल देशका ७७ वटै जिल्लामा फैलिएको छ ।

बैंकले हाल ३४४ शाखा, ३६८ एटिएम, १४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रबाट उत्कृष्ट सेवा दिँदै आएको छ ।

साथै, बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, कतार, भारत र जोर्डन लगायत विश्वका विभिन्न मुलुकहरूबाट नेपालमा रेमिट्यान्स भित्र्याउने कार्यमा समेत ठूलो योगदान पुर्‍याउँदै आएको छ ।

उत्कृष्ट सेवाकै कारण बैंकले ‘बेष्ट बैंक नेपाल २०२४, २०२५ र २०२६’, ‘बैंक अफ द इयर २०१४’, र ‘युरो मनी अवार्ड फर एक्सलेन्स’ जस्ता थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिष्ठित पुरस्कारहरूबाट सम्मानित भइसकेको छ ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…