यशोदा फुड्सद्वारा उपभोक्तालाई ढुक्क हुन आग्रह, ‘एक निश्चित ब्याचबाहेक अन्य चाउचाउ उपभोगका लागि पूर्ण सुरक्षित’

यशोदा फुड्सद्वारा उपभोक्तालाई ढुक्क हुन आग्रह, ‘एक निश्चित ब्याचबाहेक अन्य चाउचाउ उपभोगका लागि पूर्ण सुरक्षित’
+
-

बुटवल- यशोदा फुड्स प्रालिले आफ्नो चर्चित उत्पादन ‘करेन्ट हट एण्ड स्पाईसी’ चाउचाउको एउटा निश्चित ब्याचबाहेक अन्य सम्पूर्ण उत्पादनहरू उपभोगका लागि पूर्ण रूपमा सुरक्षित रहेको स्पष्ट पारेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको सूचनालाई मध्यनजर गर्दै कम्पनीले एक विशेष ब्याचबाहेक बजारमा उपलब्ध अन्य सबै उत्पादनहरू निर्धक्क भई उपभोग तथा बिक्री वितरण गर्न आम उपभोक्ता, बिक्रेता र अधिकृत बिक्रेताहरूलाई अनुरोध गरेको हो।

कम्पनीका अनुसार उत्पादन मिति २०२६/०२/२३ र ब्याच नं. ०४ए भएको १०० ग्रामको करेन्ट हट एण्ड स्पाईसी चाउचाउमा मात्र प्राविधिक विषय उठेको हो।

उक्त विशेष मिति र ब्याचबाहेक अन्य जुनसुकै मितिमा उत्पादित ब्याच नं. ०४ए वा सोभन्दा फरक ब्याचका सम्पुर्ण चाउचाउहरू गुणस्तरीय र खानयोग्य रहेकाले बजारमा कुनै पनि भ्रममा नपर्न कम्पनीले ध्यानाकर्षण गराएको छ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–१५, मधवलियामा मुख्य उद्योग रहेको यशोदा फुड्सले उपभोक्ताको स्वास्थ्य र गुणस्तरप्रति आफूहरू सदैव प्रतिबद्ध रहेको जनाएको छ।

कम्पनीले आफ्ना ग्राहक तथा व्यावसायिक साझेदारहरूलाई ढुक्क भई उत्पादनको प्रयोग तथा व्यापार व्यवसाय सुचारु राख्न समेत हार्दिक अपिल गरेको छ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…