भारतको जग्गा मिचेको भन्ने प्रमको अभिव्यक्ति अपरिपक्व, देशलाई अप्ठ्यारो पार्छ: उपेन्द्र यादव

भारतको जग्गा मिचेको भन्ने प्रमको अभिव्यक्ति अपरिपक्व, देशलाई अप्ठ्यारो पार्छ: उपेन्द्र यादव
+
-
देशसञ्चार AI सारांश
  • उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र साहको भारतीय भूमि सम्बन्धी टिप्पणीलाई अपरिपक्व भने, जसले देशलाई अप्ठ्यारोमा पार्न सक्छ।
  • यादवले सुकुम्बासी मुद्दा र कर वृद्धिका निर्णयलाई आलोचनात्मक ठहर गर्दै यसलाई अलोकतान्त्रिक भने।
  • जसपाका अध्यक्ष यादवले लुम्बिनी प्रदेशमा पार्टी निर्णय बिना मन्त्री नियुक्तिमा गम्भीर आपत्ति जनाए र कानुनी उपचार खोज्ने बताए।

नेपालगन्ज- जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतीय भूमि मिचेकाे अभिव्यक्तिलाई अपरिपक्वकाे संज्ञा दिएका छन् ।

अवधि पत्रकार संघले नेपालगन्जमा आयाेजना गरेकाे पत्रकार भेटघाटमा बाेल्दै पूर्व उपप्रधानमन्त्रीसमेत भइसकेका यादवले प्रधानमन्त्रीले बाेल्दा सत्य, तथ्य र ऐतिहासिक प्रमाणका आधारमा बाेल्नु पर्ने बताए ।

उनले भने,’अहिलेसम्म भारतलेसम्म नभनेकाे कुरा भनेर प्रधानमन्त्रीले अपरिपक्वता देखाए । यस्ता भनाइले मुलुकलाई अप्ठ्यारोमा पार्छ ।’

अध्यक्ष यादवले सरकारले सय रुपैया भन्दा बढीकाे सामानमा भन्सार लगाउने, विकल्प बिना सुकुम्बासी उठाउने, ५० युनिट बढीकाे विजुलीमा अतिरिक्त कर लगाउने निर्णय अलाेकतान्त्रिक भएकाे बताए ।

लुम्बिनी प्रदेशमा हालै जसपाकाे नाममा भण्डारीलाल अहिरलाई मन्त्री बनाएकाे यादवले गम्भीर आपत्ति जनाएका छन् ।

सर्वाेच्च अदालतले अशाेक राईकाे पार्टीलाई बैधानिक नदिएपछि यता गएका पनि सबै जसपा नेपालकाे सांसद भएकाे र लुम्बिनी प्रदेशमा जसपाकाे नाममा मन्त्री बनाउदा पार्टीलाई नसाेधिएकाे यादवकाे भनाई थियाे । उनले थपे,’जसपा नेपालका कुन सांसदलाई मन्त्री बनाउने हाे त्याे पार्टीले निर्णय गर्छ । कुनै व्यक्तिलाई टिप्नु बहुदलीय व्यवस्था, लाेकतान्त्रिक संस्कार विपरित छ । सर्वाेच्चकाे पूर्ण पाठ आएपछि हामी कानुनी उपचार खाेज्छाैँ ।’

अवधि पत्रकार संघका अध्यक्ष राकेश मिश्रकाे अध्यक्षतामा भएकाे कार्यक्रममा पार्टी सचिव कमरुदिन राई, प्रदेश सांसद अम्बिका काफ्लेलगायतकाे उपस्थिति थियाे ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…