अर्थमन्त्री वाग्लेले मनलाग्दी ढंगले करका दर संशोधन गरेको भन्दै एमालेको आपत्ति

अर्थमन्त्री वाग्लेले मनलाग्दी ढंगले करका दर संशोधन गरेको भन्दै एमालेको आपत्ति
+
-
देशसञ्चार AI सारांश
  • नेकपा (एमाले)ले अर्थमन्त्री वाग्लेमाथि मनलाग्दी कर संशोधन गरेको आरोप लगाउँदै संसदमा कडा आपत्ति जनाएको छ।
  • सांसद क्षितिज थेवेले आर्थिक विधेयकमा विद्युतीय सवारीसाधनको कर फरक देखिएको भन्दै सरकारको नियत प्रश्न उठाए।
  • प्रधानमन्त्री बालेन्द्र साहले संसदको गतिरोध अन्त्य गर्न पहलकदमी लिनुपर्नेमा नेकपा (एमाले)को जोड छ।

काठमाडौँ- नेकपा (एमाले)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मनलाग्दी ढंगले करका दर संशोधन गरेको भन्दै आपत्ति जनाएको छ ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद क्षितिज थेवेले यस्तो आपत्ति जनाएका हुन् । संसदमा दर्ता भएको आर्थिक विधेयक र अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको आर्थिक विधेयकमा विद्युतीय सवारीसाधनको करका दरमा फरक देखिएको भन्दै उनले सरकारको नियतमाथि प्रश्न उठाए ।

संसद्‍मा टेबल भइसकेको कुनैपनि विधेयकमा संसद्को पूर्ण बैठक वा समितिले मात्रै संशोधन गर्नसक्ने संसदीय नियम र अभ्यासविपरित अर्थमन्त्री डा. वाग्लेले करका दरमा संशोधन गरेर अर्थ मन्त्रालयको वेभसाइटमा दर्ता गराएका थिए ।

उनले भने, ‘जेठ १५ गते अगामी आर्थिक वर्षको बजेट प्रश्तुत गरियो । संसदमा आर्थिक विधेयक दर्ता भयो । उक्त विधेयकमा २० लाखदेखि ३० लाखसम्म मूल्य पर्ने विद्युतीय सवारीको दररेट छुटेको थियो । भोलिपल्ट मन्त्रालयको वेभसाइटबाट डिलिट भयो । फेरि सच्याएर मन्त्रालयको वेबसाइटमा अपलोड गरियो । हामीलाई लागेको थियो यो मानवीय त्रुटी हो । तर सभामुख महोदय बजारमा प्रश्नैप्रश्न उठिरहेका छन् । यो त टाइपिङ मिस्टेक नभई नियतवस गरिएको रहेछ । आज भन्सारका कर्मचारी निलम्बित भइसक्नुभएको छ । संसदमा दर्ता भएको आर्थिक विधेयक र मन्त्रालयको वेभसाइटमा राखिएको आर्थिक विधेयक फरक छ यसलाई संसदले गम्भीर रुपमा लियोस् । मानीय अर्थमन्त्रीज्यूले पनि गम्भीर रुपमा लिनुहोस् भन्ने ध्यानाकर्षण गराउन चाहन्छु ।’

उहाँले प्रधानमन्त्री बालेन्द्र साह स्वयंले संसदको गतिरोध अन्त्य गर्न पहलकदमी लिनुपर्नेमा उनको जोड छ ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…