सडकमा मार्कर राखेर अनुदान शिक्षकको विरोध प्रदर्शन (तस्बिरहरू)

सडकमा मार्कर राखेर अनुदान शिक्षकको विरोध प्रदर्शन (तस्बिरहरू)
+
-

काठमाडौँ – संघीय शिक्षण सिकाइ अनुदान शिक्षक केन्द्रीय समितिले आर्थिक वर्ष २०८३/८४ को बजेटले आफ्ना मागहरू सम्बोधन नगरेको भन्दै विरोध प्रदर्शन गरेको छ। विगत लामो समयदेखि पेशागत निरन्तरता, स्थायित्व तथा सेवा–सुविधाका विषयमा सरकारको ध्यानाकर्षण गर्न माइतिघरमा प्रदर्शन गरेको हो।

समितिले २०७८, २०८० र २०८२ सालमा सरकारसँग भएका सहमति, साथै संघीय शिक्षा ऐनको निर्णयार्थ पेश गरिएको मस्यौदामा उल्लेख गरिएका व्यवस्थापनसम्बन्धी प्रावधानलाई बेवास्ता गरिएको आरोप शिक्षकहरूले लगाएका छन्।

अनुदान शिक्षकहरूले ६०/४० प्रतिशत आन्तरिक तथा खुला प्रतिस्पर्धामार्फत व्यवस्थापन गर्ने सहमति कार्यान्वयन नगरी सरकारले अनुदान शिक्षकका मागप्रति उदासीनता देखाएको आरोप लगाएका छन्।

समितिका अनुसार हाल देशभर करिब ११ हजार संघीय शिक्षण सिकाइ अनुदान शिक्षकहरू माध्यमिक र आधारभूत तहमा अंग्रेजी, गणित तथा विज्ञानजस्ता विषय अध्यापन गरिरहेका छन्।

बजेट वक्तव्यमा सम्मानजनक तलबवृद्धि, महँगी भत्ता र प्रोत्साहन भत्तालगायतका माग स्पष्ट रूपमा समावेश नगरिएको भन्दै शिक्षकहरूले त्यसप्रति विरोधमा हिजोदेखि उत्रिएका हुन्। उनीहरूले माग सम्बोधन नभए पठनपाठन ठप्प पार्ने तथा सामूहिक राजीनामासमेत दिन बाध्य हुने चेतावनी पनि दिएका छन्।

तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…