प्रधानमन्त्रीलाई सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ भन्ने जानकारी कोबाट लिनुभयो?

प्रधानमन्त्रीलाई सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ भन्ने जानकारी कोबाट लिनुभयो?
+
-

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीकी सांसद रेनु चन्दले प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले भारतको भूमि अतिक्रमण गरेको प्रमाण सदनमा पेश गर्नुपर्ने बताएकी छन्।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बौल्दै उनले नेपालले कहाँ, कति भूमि मिचेको प्रमाण पेश गर्नुपर्ने बताएकी हुन्।

कुनै पनि देशले कानुनी अधिकार वा आपसी सहमतिबिना अर्को देशको भूमिमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिने उनको भनाइ छ। नेपालले त्यस्तो गतिविधि गरेको भए त्यसको ठोस प्रमाण सार्वजनिक गर्न प्रधानमन्त्रीलाई चुनौती दिइन्।

प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाली जनताको आत्मसम्मानमा चोट पुर्‍याएको उनको भनाइ छ। यसले छिमेकी राष्ट्रसँगको सम्बन्ध पनि बिगार्न सक्ने बताइन्। उनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्रीको अभिव्यक्ति र त्यसमा समर्थन जनाउने सांसद तथा मन्त्रीहरूको बारेमा आफ्नो धारणा स्पष्ट गर्नुपर्ने बताइन्।

उनले भनिन्, ‘जनता–जनताबीच व्यवहारिक हुने कुरा फरक हो। सेना लगाएर गरिने, राजनीतिक, कूटनीतिक मर्यादा नाघेर एन्ट्रोचमेन्ट गरिने कुरा फरक हो। प्रधानमन्त्री भएपछि यो सबैभन्दा पहिला थाहा पाउनुपर्थ्यो। उहाँले ढिला थाहा पाइराख्नुभएको छ। हामीले सीमा मिचेका छौँ, भन्ने जानकारी कोबाट लिनुभयो? यो ज्ञानोदय कसरी भयो? त्यसको स्रोत पनि प्रधानमन्त्रीले सदनमा पेश गर्नुपर्ने हुन्छ।’

बैठकमा उनले करको दर हेरफेर भएको विषयमा संसदीय छानबिन समिति गठन गरेर अर्थमन्त्रीमाथि छानबिन गर्नुपर्ने बताइन्। उनले अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जनताको सपनाभन्दा पनि आफ्नो सपना पूरा गर्न लागेको आरोप लगाइन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…