अ
+
अ
अ
-
काठमाडौं- गृहमन्त्रालयमा मंगलबार साँझ पदभार ग्रहण गर्दै नवनियुक्त गृहमन्त्री सुधन गुरुङले दरबार हत्याकाण्डको फाइल खोल्ने निर्णय गरेका छन्।
४७ दिनपछि फेरि गृहमन्त्रीको जिम्मेवारीमा आइपुगेका गुरुङले २०५८ सालको दरबार हत्याकण्डको फाइल पुनः खोल्ने निर्णय गरेको सञ्चारकर्मीहरूमाझ जानकारी दिए।
जेनजी आन्दोलनमा फौजदारी अभियोग लगाइएकाहरूलाई मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय पनि गृहमन्त्री गुरुङले गरेका छन्।
उनले केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने, छानबिनमा रहेका अनुसन्धान प्रकियालाई टुंगो लगाउने र हरेक फाइल खोल्ने निर्णय गरेको पनि जानकारी दिए।
वैशाख ९ गते गृहमन्त्रालयमा २६ दिन बिताएर राजीनामा दिएका गृहमन्त्री गुरुङ ४७ दिनपछि फेरि गृहमन्त्रालयको कमान सम्हाल्न आइपुगेका हुन्।
भर्खरै
लोकप्रिय
