नेपाली मौलिक उत्पादनलाई विश्व बजारमा लैजान उन्नति र मेरियट बिजनेस काउन्सिलबीच रणनीतिक साझेदारी

नेपाली मौलिक उत्पादनलाई विश्व बजारमा लैजान उन्नति र मेरियट बिजनेस काउन्सिलबीच रणनीतिक साझेदारी
+
-
देशसञ्चार AI सारांश
  • उन्नति र मेरियट बिजनेस काउन्सिलले नेपालको हस्तकला सामग्रीलाई अन्तर्राष्ट्रिय आतिथ्य बजारसँग जोड्न रणनीतिक साझेदारीमा हस्ताक्षर गरेका छन्।
  • यस सहकार्यले महिला उद्यमीहरूलाई सहयोग गर्दै उत्पादनको गुणस्तर, मौलिकता र ब्राण्डिङ कार्यमा उन्नतिलाई जिम्मेवारी दिनेछ।
  • मेरियटले उन्नतिका उत्पादनलाई होटल सञ्चालन सामग्रीमा समावेश गर्न परामर्श प्रदान गर्ने र छलफल अघि बढाउनेछ।

काठमाडौँ- नेपालको परम्परागत सीप, महिला उद्यमशीलता तथा स्थानीय स्तरमा उत्पादित हस्तकलाका सामग्री (ह्याण्डीक्राफ्ट) लाई अन्तर्राष्ट्रिय आतिथ्य (हस्पिटालिटी) बजारसँग जोड्ने उद्देश्यका साथ उन्नति र मेरियट बिजनेस काउन्सिल, दक्षिण एसियाबीच एक रणनीतिक साझेदारी पत्रमा हस्ताक्षर भएको छ।

उन्नति चौधरी फाउन्डेसन अन्तर्गतको एउटा विशेष पहल हो, जसले स्थानीय हस्तनिर्मित उत्पादन र महिला उद्यमीहरूलाई बजारसम्म पुर्‍याउन पुलको काम गर्दै आएको छ।

यस सम्झौतामा चौधरी फाउण्डेशनका अध्यक्ष निर्वाण चौधरी र मेरियट बिजनेस काउन्सिल, दक्षिण एसियाका तर्फबाट किरण एन्डीकोटले हस्ताक्षर गरेका हुन्।

उक्त हस्ताक्षर समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी र मेरियट इन्टरनेशनलका अध्यक्ष डेभिड मेरियट लगायत दुवै संस्थाका वरिष्ठ प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो।

यस सहकार्यले नेपाली हस्तकला र समुदायमा आधारित उत्पादक समूहहरूका सामग्रीलाई मेरियट र यससँग आबद्ध होटलहरूमा प्रदर्शन तथा प्रयोग गर्ने सम्भावनाको खोजी गर्नेछ।

साझेदारी अन्तर्गत उन्नतिले आफ्नो प्रिमियम ब्राण्ड ‘सिया’ मार्फत होटल सञ्चालन तथा कर्पोरेट उपहारका लागि उपयुक्त उत्पादनहरूको विकास र छनोट गर्ने जिम्मेवारी पाएको छ।

यसका साथै योग्य हस्तकला निर्माताहरूको पहिचान, उत्पादनको गुणस्तर र मौलिकताको सुनिश्चितता, ब्राण्डिङ, तथा प्रभाव मूल्याङ्कन जस्ता कार्यहरू पनि उन्नतिले नै गर्नेछ।

अर्कोतर्फ, मेरियटले होटलहरूका लागि आवश्यक उत्पादन सम्बन्धी मार्गदर्शन दिने तथा उन्नतिका उत्पादनहरूलाई होटल सञ्चालन सामग्री (अपरेटिङ सप्लाइ एण्ड इक्युमेन्ट)मा समावेश गर्ने विषयमा छलफल अगाडि बढाउनेछ।

कार्यक्रममा बोल्दै चौधरी फाउण्डेशनका अध्यक्ष निर्वाण चौधरीले नेपालको समृद्ध हस्तकला र उद्यमशीलताको परम्पराले विश्वस्तरमा अझ बढी पहिचान पाउनुपर्नेमा जोड दिए। यो साझेदारीले विशेषगरी महिला उद्यमी र हस्तकला उत्पादकलाई अन्तर्राष्ट्रिय बजारसँग जोडेर स्थानीय समुदायलाई सशक्त बनाउने र देशमा समावेशी आर्थिक वृद्धिलाई टेवा पुर्‍याउने लक्ष्य राखेको छ।

दुवै संस्थाले नवप्रवर्तनशील साझेदारीमार्फत नेपालको विशिष्ट सांस्कृतिक पहिचानलाई विश्वमञ्चमा स्थापित गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…