- इनड्राइभले नेपालमा आफ्नो ५ वर्षको यात्रालाई चालक केन्द्रित अभियान “ड्राइभ विदाउट प्रेसर” को सार्वजनिक गरेर मनायो।
- यो अभियानले सन् २०२६ सम्म व्यावसायिक चालकहरूको काम गर्ने स्वतन्त्रता र मैत्री कार्यवातावरणलाई प्रोत्साहन गर्नेछ।
- ‘होमकमिंग मिटर’ले विदेशबाट फर्केका नेपाली चालकहरूको प्रेरणादायी कथाहरूलाई राष्ट्रिय बहससँग जोडने काम गर्नेछ।
काठमाडौँ- विश्वव्यापी मोबिलिटी र डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालमा आफ्नो सञ्चालनको ५ वर्ष पूरा गरेको छ। यस अवसरमा कम्पनीले नेपालको राइड-हेलिङ समुदायका लागि पारदर्शी कमाइ, चालकको स्वतन्त्र रोजाइ र लचिलो कार्यवातावरण सुनिश्चित गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः दोहोर्याएको छ।
पाँचौँ वार्षिकोत्सवको अवसर पारेर इनड्राइभले चालक केन्द्रित मोडेल र कार्यगत स्वतन्त्रतालाई जोड दिँदै “इनड्राइभसँग आफ्नै रोजाइमा छैन दबाब” (ड्राइभ विदाउट प्रेसर) अभियान सार्वजनिक गरेको छ।
सन् २०२६ को जुनदेखि अगस्ट महिनासम्म चल्ने यस अभियानले व्यावसायिक चालकहरूको दैनिक यथार्थ र उनीहरूले कहिले र कसरी काम गर्ने भन्ने कुरामा नियन्त्रण पाउनुको महत्त्वलाई उजागर गर्नेछ। नेपालमा सेवा सुरु गरेदेखि नै इनड्राइभले ‘पियर-टु-पियर’ (Peer-to-Peer) मोडेलमा काम गर्दै आएको छ, जसले चालक र यात्री दुवैलाई एपमार्फत सिधै भाडा तय गर्ने सुविधा दिन्छ।
यो पद्धतिले चालकहरूलाई यात्रा छनोट, काम गर्ने समय र कमाइमा बढी स्वायत्तता प्रदान गर्ने कम्पनीको भनाइ छ। यस अभियानका बारेमा बोल्दै इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनिता जिमी राईले विगत ५ वर्षदेखि चालकहरूले दीर्घकालीन रूपमा विश्वास गर्न सक्ने प्लेटफर्म निर्माणमा ध्यान केन्द्रित गरिएको बताइन्।
चालकहरूले लचिलोपन, पारदर्शिता र आफ्नो व्यक्तिगत तथा व्यावसायिक जीवन अनुकुल निर्णय लिन पाउने कुरालाई महत्त्व दिने र सोही सिद्धान्तले नेपालमा कम्पनीको सञ्चालनलाई मार्गदर्शन गरिरहेको उनले उल्लेख गरिन्।
नेपालको डिजिटल यातायात अर्थतन्त्रमा धेरै चालकहरू राइड-हेलिङलाई नै मुख्य आम्दानीको स्रोत बनाइरहेका बेला यो ‘दबाबरहित’ सन्देश झनै सान्दर्भिक बनेको छ। यसै अभियानको एक हिस्साका रूपमा इनड्राइभले “होमकमिंग मिटर” (Homecoming Meter) समेत प्रस्तुत गर्दैछ।
यस अन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएर नेपालमै यस प्लेटफर्ममार्फत आफ्नो जीविकोपार्जन गरिरहेका नेपाली चालकहरूको प्रेरक कथाहरूलाई समेटिने छ। यो पहलले देश भित्रै श्रम आप्रवासन, आर्थिक लचिलोपन र आयआर्जनका अवसरहरू सिर्जना गर्ने सम्बन्धी राष्ट्रिय बहससँग पनि मेल खाने कम्पनीले जनाएको छ।
भर्खरै
लोकप्रिय
