- राष्ट्रिय स्वतन्त्र पार्टी रुकुमपश्चिमको सभापतिमा द्रोण खड्का ४२ मत ल्याएर निर्वाचित भएका छन्।
- निर्वाचनमा कुल ११३ मतदाता मध्ये ७३ मत खसेकोमा उपसभापतिमा रिमप्रसाद शर्मा ३२ मत ल्याएर विजयी भए।
- सचिवमा दीपेन्द्रराज विष्टले सर्वाधिक ५८ मत प्राप्त गर्दै विजयी हुँदा, सहसचिवमा प्रेम बाँठा मगर २७ मतले निर्वाचित भए।
हुम्ला- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुकुमपश्चिमको सभापतिमा द्रोण खड्का निर्वाचित भएका छन् ।
निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार प्रतिस्पर्धी पुस्तक चन्दलाई १२ मतले पराजित गर्दै उनी जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।
रास्वपा रुकुमपश्चिमको प्रथम जिल्ला अधिवेशन मुसीकोटमा भएको थियो । सहमतिमा कार्यसमिति चयन हुन नसकेपछि मतदानमार्फत जिल्ला नेतृत्व चयन भएको हो ।
सभापितमा खड्काले ४२ मतसहित निर्वाचित भए भने चन्दले ३० मत प्राप्त गरेका थिए । कुल ११३ जना मतदाता रहेकामा ७३ मत खसेको निर्वाचन समितिले जनाएको छ । उपसभापतिमा रिमप्रसाद शर्मा निर्वाचित भएका छन् । उनले ३२ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी रवीन्द्रकुमार विष्टले २०, ठकेन्द्र गिरी रविले १४ र घमन्डबहादुर चन्द शिखरले पाँच मत मात्र प्राप्त गरेको निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मत परिणाममा उल्लेख छ ।
सचिवमा दीपेन्द्रराज विष्ट लोकप्रिय मतका साथ विजयी हभएका छन् । उनले सर्वाधिक ५८ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नवराज मल्लले १४ मत प्राप्त गरे। सहसचिवमा २७ मतसहित प्रेम बाँठा मगर निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी शसे खत्री सरोज र पदम ददेलले २३/२३ मत प्राप्त गरेका थिए ।
पाँच जना सदस्यका लागि भएको प्रतिस्पर्धामा नीरज गिरी, यामराज डाँगी, लोकबहादुर गिरी, विनोद बटाला र रमेश गिरी विजयी भएका छन् । सदस्यमा कृष्णबहादुर ओली, पलबहादुर खड्का र टोपबहादुर थापा पराजित भएका छन् ।
त्यस्तै सदस्यमा कल्पना विष्ट र सुनिता केसी निर्विरोध निर्वाचित भएका छन् भने पदम ददेललाई जिल्ला सदस्यमा मनोनीत गरिएको रास्वपा उप सभापति रिम प्रसाद शर्माले जानकारी दिए ।
नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई रास्वपा कर्णाली प्रदेशका महामन्त्री ललित चन्दले शपथ शपथ खुवाएका छन् । साथै नवनिर्वाचितहरूलाई प्रमाण पत्र समेत वितरण गरिएको छ ।
नवनिर्वाचित अध्यक्ष खड्काले जिल्लामा पार्टीलाई थप बलियो बनाउँदै पहिलो पार्टीका रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्दा आन्तरिक प्रतिस्पर्धा भएको र अब सबै मिलेर पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने बताउँदै उनले सबै नेता तथा कार्यकर्ताहरूलाई एक ढिक्का हुन आग्रहसमेत गरे ।
भर्खरै
लोकप्रिय
