भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा
+
-
देशसञ्चार AI सारांश
  • महेन्द्रनगरका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा सुरु गरेका छन्।
  • शुक्लाफाँटा, कृष्णपुर, बेदकोट र लालझाडीमा भूमिहीन र सुकुम्बासीको नापनक्सा कार्य धमाधम भैरहेको बताइएको छ।
  • नापनक्सा पछि लालपुर्जा वितरणका लागि सबै प्रक्रिया पूरा गरेर सम्बद्ध निकायलाई हस्तान्तरण गरिनेछ।

महेन्द्रनगर – यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा सुरु गरेका छन्।

जिल्लामा नौवटा स्थानीय तह रहेका छन्। अधिकांशले पालिकाले प्राविधिक टोली खटाएर विभिन्न वडामा धमाधम नापनक्सा कार्य सुरु गरेका हुन्।

शुक्लाफाँटा नगरपालिका प्रमुख रणबहादुर महराले आजदेखि वडास्तरमा पुगेर नापजाँच सुरु गरिएको बताउनुभयो। नगरपालिकाका नंं ५, १० र ११ मा नापनक्सा भइरहेको उनले जानकारी दिए।

“छवटा वडाको नापजाँच पहिले नै गरिसकेका थियौँ, हाल तीनवटा वडामा काम सुरु गरेका छौँ”, नगरप्रमुख महराले भने, “वडा नं ६, ७ र ८ को बर्खा सकिएलगत्तै नापनक्साका लागि टोली फिल्डमा खटिनेछ।”

करिब १२ हजार सुकुम्बासी भूमिहीन, अव्यवस्थित बसोबासी र भूमिहीन दलित रहेको शुक्लाफाँटा नगरपालिकाले नापजाँचको सबै कार्य सकिएपछि लालपुर्जा वितरणका लागि भूमि आयोगलाई बुझाउने जनाएको छ।

“हाल भूमि आयोगको प्रविधिक प्रतिनिधिसहितको टोली फिल्डमा खटिएको छ”, नगरप्रमुख महराले भने, “नापनक्सा सकिएपछि सबै प्रक्रिया पूरा गरेर पुर्जाका लागि आयोगसमक्ष कागजात हस्तान्तरण गरिनेछ।”

करिब ६० हजार भूमिहीन दलित–सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको कञ्चनपुरमा सबै पालिकामा समस्या रहेको जनाइएको छ।

यसैगरी, यहाँको कृष्णपुर नगरपालिकाले पनि दुई दिनअघिदेखि पालिकाभित्र नापनक्सा सुरु गरेको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिको वडा नं ५ र ६ मा जग्गा नापनक्सा कार्य थालिएको सूचना अधिकारी प्रेम बोगटीले जानकारी दिए।

अव्यवस्थित बसोबासी तथा भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि आवश्यक काम छिट्टै सम्पन्न गर्न नापनक्सा थालिएको उनले बताउनुभयो। यस पालिकामा १७ हजारभन्दा बढी सुकुम्बासी भूमिहीन, अव्यवस्थित बसोबासी र भूमिहीन दलित रहेका छन्।

यस्तै, नौ हजार ५०० भन्दा बढी सुकुम्बासी भूमिहीन, अव्यवस्थित बसोबासी र भूमिहीन दलित रहेको बेदकोट नगरपालिकामा प्रायः नापनक्साको काम सम्पन्न भइसकेको नगरप्रमुख भोजराज बोहराले जानकारी दिनुभयो। “शुक्लाफाँटा निकुञ्ज विस्थापितको जग्गा किचलो रहेका केही वडामा नापनक्साको काम भएको छैन। बाँकी सबैतिर नापनक्सा सकिसकेका छौँ”, उनले भने।

यहाँको लालझाडी गाउँपालिकमा पनि केही वडाबाहेक सबै ठाउँमा नापनक्साको काम सकिएको छ। गाउँपालिकाका अध्यक्ष निर्मल रानाले वडा नं ५ मा पुनः नापनक्सा गर्नुपर्ने र हाल वडा नं १ मा काम भइरहेको जानकारी दिए। यस पालिकामा चार हजारभन्दा बढी सुकुम्बासी भूमिहीन, अव्यवस्थित बसोबासी र भूमिहीन दलित छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…