फिफा विश्वकप २०२६ को पूर्व सन्ध्यामा हामीले कार्यक्रमको सिलसिला जारी राखेका छौँ। यसैबीच हाम्रो स्टुडियोसम्म आइपुग्नुुभयो पूर्व खेलाडी एवम् फुटबल कमेन्टेटर अमनप्रताप अधिकारी।
उहाँसँगको संवादमा फुटबल यसका ऐतिहासिक विषयवस्तुमाथि निकै लामो र रोमाञ्चित चर्चा भयो। आउँदै गरेको विश्वकपमा, पहिलो पटक खेल्न लागेका ४८ टोलीको आगमनले विश्वकपको उचाइ कहाँ पुग्छ र यसले नकआउट म्याचहरुमा के कस्तो प्रभाव पार्छ भनेर उनले हामीलाई खुलाएका छन्।
यो विश्वकपमा सबैलाई चकित पार्दै उपाधि उचाल्न सक्ने टोली नर्बे रहेको बताउँछन् अमनप्रताप।
मेस्सी, रोनाल्डो र नेयमारको विदाइ, एमबापेको आक्रमक शैली र लमिन एमालको भविष्य देखि एसियाली मुलुकहरुको सहभागितामाथि पनि हामीले चर्चा गरेका छौँ। यस पटकको विश्वकप इतिहासमै सबैभन्दा धेरै हेरिने कुरामा उनी ढुक्क छन् । साथै, आफ्नो व्यक्तिगत चाहनालाई साझा गर्दै उनी भन्छन्- कहिले नजितेको टोलीले जिते म सबैभन्दा खुशी।
भर्खरै
लोकप्रिय
