एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर ‘रियल–टाइम’ रेमिट्यान्स सेवाको सुरुवात

एभरेष्ट बैंकद्वारा नेपाल–भारत क्रस–बोर्डर ‘रियल–टाइम’ रेमिट्यान्स सेवाको सुरुवात
+
-
देशसञ्चार AI सारांश
  • एभरेष्ट बैंकले “EBL Touch 24” मार्फत नेपाल र भारतबीच ‘रियल–टाइम’ क्रस–बोर्डर रेमिट्यान्स सेवा सञ्चालनमा ल्याएको छ।
  • दुवै देशका ग्राहकहरूले मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस प्रयोग गरी सजिलै रकम पठाउन सक्छन्।
  • यो सेवा अन्तर्गत, भारतीय नागरिकहरूले दैनिक भारु १५,००० सम्म भारत पठाउन र नेपालीले दैनिक भारु २,००,००० सम्म नेपाल पठाउन सक्छन्।

काठमाडौं – नेपाल र भारतबीच हालै सम्पन्न अन्तरदेशीय फण्ड ट्रान्सफर सम्झौतासँगै एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ्ग एप “EBL Touch 24” मार्फत नेपाल र भारतबीच ‘रियल–टाइम’ क्रस–बोर्डर (P2P) रेमिट्यान्स सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।

यो नवीन डिजिटल सेवाको सुरुवातसँगै अब दुवै देशका नागरिकहरूले अत्यन्तै छिटो, सरल र सुरक्षित रूपमा तत्काल (Real-time) रकम आदानप्रदान गर्न सक्नेछन्।

नयाँ व्यवस्थापन अनुरूप यस सेवामार्फत रकम स्थानान्तरणका लागि निश्चित सीमाहरू निर्धारण गरिएका छन्। जसअन्तर्गत, नेपालमा कार्यरत भारतीय नागरिकहरूले दैनिक अधिकतम भारतीय रुपैयाँ (भारु) १५,००० र मासिक अधिकतम भारु १,००,००० सम्म सहजै भारत पठाउन सक्नेछन्।

त्यसैगरी, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकहरूले भने कुनै पनि मासिक सीमा बिना नै दैनिक अधिकतम भारु २,००,००० सम्म नेपालमा विप्रेषण (रेमिट्यान्स) पठाउन सक्ने व्यवस्था गरिएको छ।

यो नयाँ प्रणाली अन्तर्गत दुवै देशका ग्राहकहरूले प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (VPA) को प्रयोग गरी सजिलैसँग रकम पठाउन सक्नेछन्।

यसका साथै, भारतका प्रयोगकर्ताहरूले आफ्नो युनिफाइड पेमेन्ट्स इन्टरफेस (UPI) आईडी मार्फत सिधै रकम प्राप्त गर्न सक्नेछन्।

यस सेवा सम्बन्धी थप विस्तृत जानकारीका लागि ग्राहक महानुभावहरूले एभरेष्ट बैंकको आधिकारिक वेबसाइट www.everestbankltd.com वा नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने बैंकले जनाएको छ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…