भृकुटीमण्डपमा ‘ग्लोबल कन्जुमर एक्स्पो’ सुरु (तस्बिरहरू)

भृकुटीमण्डपमा ‘ग्लोबल कन्जुमर एक्स्पो’ सुरु (तस्बिरहरू)
+
-

काठमाडौँ – नेपालकै सबैभन्दा ठूलो उपभोक्ता मेलाका रूपमा परिचित ‘ग्लोबल कन्जुमर एक्स्पो २०२६’ को दोस्रो संस्करण भृकुटीमण्डपमा सुरु भएको छ।

एक्स्पोको नारा ‘शपिङको नयाँ ठेगाना’ रहेको छ र असार २ गतेसम्म सञ्चालन हुनेछ। मेलामा स्वदेशी तथा अन्तर्राष्ट्रिय गरी १०० भन्दा बढी प्रदर्शकहरूको सहभागिता छ। मेलाले प्रमुख ब्रान्डहरू, नवप्रवर्तनकारी व्यवसाय र हजारौँ उपभोक्ताहरूलाई एउटै थलोमा ल्याउने आयोजकको दाबी छ।

एक्स्पोमा करिब ३५ हजारभन्दा बढी आगन्तुकहरूले अवलोकन गर्ने अनुमान गरिएको छ। मेलामा दैनिक उपभोग्य वस्तु, भान्सा तथा घरायसी सामान, इलेक्ट्रोनिक्स, फेसन, स्वास्थ्य तथा सौन्दर्य, प्रविधि, हस्तकला र गहनालगायतका विविध उत्पादनहरू प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन्।

यसका साथै प्रदर्शनीमा कला तथा हस्तकलाको प्रत्यक्ष अनुभव लिन सकिने गरी ‘इन्टरएक्टिभ जोन’ को समेत व्यवस्था गरिएको छ। मेला अवधिभर अवलोकनकर्ताहरूका लागि विशेष छुट, लक्की ड्र र आकर्षक उपहारहरूको समेत व्यवस्था गरिएको छ।

तस्बिरहरू- नेपाल फोटो लाइब्रेरी

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…