- सशस्त्र प्रहरी बलले नेपाल-चीन सीमा स्तम्भहरूको अनुगमन गरी सीमाको अवस्था सन्तोषजनक रहेको जनाएको छ।
- अनुगमन टोलीले हिल्सा पश्चिम दक्षिणी क्षेत्रमा रहेका चारदेखि एघार नम्बरका सीमा स्तम्भहरूको निरीक्षण करिब एक हप्तामा सम्पन्न गर्यो।
- सीमा सुरक्षा चौकी हिल्साको टोली खगेन्द्रबहादुर विकको नेतृत्वमा सीमाको अभिलेखीकरणमा केन्द्रित रहँदै नियमित अनुगमन गर्ने बताएको छ।
सिमकोट – सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साको (विओपी) टोलीले नेपाल र चीनबीचको सीमा स्तम्भ अनुगमन गरेको छ। नियमित रुपमा सिमाना र सीमा स्तम्भको अवस्थाको जानकारी लिनका लागि अनुगमन गर्ने कार्य गरेको हो।
हिल्सामा रहेको सशस्त्र प्रहरी विओपीका सुरक्षाकर्मीले हिल्साबाट पश्चिम दक्षिणी क्षेत्रमा स्थापना गरिएको चारदेखि एघार नम्बरका सीमा स्तम्भको रेखदेख तथा समग्र सिमानाको अवस्थाको अनुगमन गरेको सशस्त्र प्रहरी निरीक्षक खगेन्द्रबहादुर विकले जानकारी दिए।
यी सीमास्तम्भको रेखदेख तथा अनुगमन गर्न सशस्त्र प्रहरी सीमा सुरक्षा चौकी हिल्साका सशस्त्र प्रहरीलाई एक हप्ता लागेको थियो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गुल्म हेडक्वाटर हुम्लाको प्रमुख जिम्मेवारी अनुसार सीमा अनुगमन कार्यलाई प्रमुख प्राथमिकता दिई कार्यसम्पादन गरिएको हो।
गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक नन्दबहादुर साउदले नेपाल–चीनसँग जोडिएको अन्तराष्ट्रिय सीमा २६२ दशमलव ३ किलो मिटर क्षेत्रफलमा रहेका १५ वटा सीमा स्तम्भहरुको अभिलेखीकरण, वर्तमान अवस्था, र सीमा सम्बन्धी अन्य विबरणबारे वस्तुगत जानकारी लिने कुरालाई प्राथमिकतामा राखी अनुगमन गरिएको बताए।
यी सीमास्तम्भमध्ये केही १ २ नम्बर रहेका छन्। सशस्त्र प्रहरी वल नेपाल बिओपी हिल्साका प्रमुख सशस्त्र प्रहरी निरीक्षक केदारप्रसाद साप्कोटाको नेतृत्व रहेको टोलीलाई सिमा स्तम्भको अनुगमन गर्न निर्देशन दिएपछि सशस्त्र प्रहरी निरीक्षक सापकोटाको टोलीले सीमास्तम्भ नम्बर ४ देखि ११ को अनुगमन गर्ने कार्य पुरा भएको होे।
दुई देशविचको सिमाना अनुगमन तथा सीमा स्तम्भको रेखेदेख कार्यले अवस्था सन्तोसजनक रहेको भन्दै उनले यो कार्य वर्षको दुई पटक र अरु आवश्यकताअनुसार गर्ने गरिएको बताए।
पाँच हजार २५० मिटर उचाईसम्म रहेका यी सीमा स्तम्भहरुको अनुगमन गर्न सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरु बिहान छ वजे पैदल हिडेको टोली ४ नम्बर सीमा स्तम्भमा पुगेर बर ेलुका छ वजे मात्र चौकीमा फिर्ता भएको थियो।
भर्खरै
लोकप्रिय
