आईएमई लाइफ इन्स्योरेन्सको केयर-एनपी रेटिङमा पदोन्नति: ‘BBB+’ बाट ‘A-‘ मा उक्लियो

आईएमई लाइफ इन्स्योरेन्सको केयर-एनपी रेटिङमा पदोन्नति: ‘BBB+’ बाट ‘A-‘ मा उक्लियो
+
-
देशसञ्चार AI सारांश
  • आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो इस्युअर रेटिङ ‘केयर-एनपी BBB+’ बाट ‘केयर-एनपी A-‘ मा स्तरोन्नति प्राप्त गरेको छ।
  • यस स्तरोन्नतिले कम्पनीको सुदृढ वित्तीय अवस्था, प्रभावकारी जोखिम व्यवस्थापन र संस्थागत सुशासनप्रतिको प्रतिबद्धता प्रमाणित गरेको छ।
  • कम्पनीले जीवन बीमा योजनाहरू मार्फत आर्थिक सुरक्षा प्रदान गर्दै नेपालभरका समुदायमा आफ्नो बीमा पहुँच विस्तार गरेको छ।

काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो इस्युअर रेटिङ (Issuer Rating) मा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। केयर रेटिङ्स नेपाल लिमिटेड (CARE Ratings Nepal Limited) ले कम्पनीको वित्तीय मूल्याङ्कनलाई ‘केयर-एनपी BBB+’ (CARE–NP BBB+) बाट स्तरोन्नति गर्दै ‘केयर-एनपी A-‘ (CARE–NP A–) प्रदान गरेको छ।

यो स्तरोन्नतिले कम्पनीको बजार साखलाई अझ मजबुत बनाएको देखिन्छ।

यो रेटिङ वृद्धि हुनुलाई कम्पनीको सुदृढ वित्तीय अवस्था, प्रभावकारी जोखिम व्यवस्थापन, सुधारोन्मुख व्यावसायिक कार्यसम्पादन तथा संस्थागत सुशासनप्रतिको प्रतिबद्धताको प्रमाणका रूपमा लिइएको छ। यसले बीमित एवं सरोकारवालाहरूमा कम्पनीप्रतिको विश्वास निरन्तर कायम राख्न सफल भएको देखाउँछ।

नयाँ प्राप्त ‘केयर-एनपी A-‘ मूल्याङ्कनले कम्पनीसँग आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता रहेको र अघिल्लो मूल्याङ्कनको तुलनामा यो अझ उत्कृष्ट संस्थाका रूपमा स्थापित भएको संकेत गर्दछ।

कम्पनी व्यवस्थापनले यस उपलब्धिलाई सम्पूर्ण सरोकारवालाहरूको विश्वास, सहयोग र प्रतिबद्धताको प्रतिफल भएको बताएको छ। साथै, आगामी दिनहरूमा पनि ग्राहक सेवा, संस्थागत सुशासन, नवप्रवर्तन तथा दीर्घकालीन वित्तीय स्थायित्वलाई थप मजबुत बनाउँदै लैजाने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।

“Ensuring Future” भन्ने मूल नाराका साथ स्थापना भएको आईएमई लाइफ इन्स्योरेन्स नेपालको अग्रणी जीवन बीमा कम्पनीहरूमध्ये एक हो। कम्पनीले जीवन बीमाका माध्यमबाट व्यक्ति तथा परिवारहरूको आर्थिक सुरक्षा, बचत तथा भविष्य सुनिश्चित गर्ने उद्देश्यले विभिन्न जीवन बीमा योजनाहरू प्रदान गर्दै आएको छ।

देशव्यापी शाखा सञ्जाल, उपशाखा तथा हजारौँ अभिकर्ताहरूका माध्यमबाट सेवा प्रदान गर्दै आएको यस कम्पनीले जीवन बीमाको पहुँचलाई देशका विभिन्न समुदायसम्म पुर्‍याएको छ। ग्राहककेन्द्रित सेवा, डिजिटल प्रविधिको प्रयोग, जिम्मेवार लगानी व्यवस्थापन तथा नवीनतम बीमा समाधानका माध्यमबाट कम्पनीले नेपाली बीमा क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ।

व्यावसायिक गतिविधिका साथै आईएमई लाइफले स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता, सामुदायिक विकास तथा सामाजिक उत्थानका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू समेत सञ्चालन गर्दै आएको छ। कम्पनीले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ विभिन्न सामाजिक अभियानहरूमा आफ्नो सक्रिय सहभागिता जनाउँदै आएको जानकारी दिएको छ।

कम्पनीका अनुसार ‘केयर-एनपी A-‘ मूल्याङ्कन प्राप्त गर्नु केवल एक उपलब्धि मात्र नभएर अझ उत्कृष्ट सेवा, उच्च व्यावसायिक मापदण्ड तथा वित्तीय सुदृढतातर्फ थप जिम्मेवार बन्ने प्रेरणा पनि हो। कम्पनीले आगामी दिनमा पनि बीमितहरूको भविष्य सुरक्षित गर्दै नेपालको बीमा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…