रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी

रास्वपा लुम्बिनी प्रदेश सभापतिमा ६ जनाको उम्मेदवारी
+
-
देशसञ्चार AI सारांश
  • राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेश सभापति पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएको जनाइएको छ।
  • बर्दिया जिल्ला समितिलाई मान्यता नदिई भंग गरेपछि असन्तुष्ट प्रतिनिधिहरूले विधिसम्मत नभएको भनी आपत्ति जनाएका छन्।
  • पार्टीको संस्थागत विकास आवश्यक रहेको भन्दै नेतृत्व चयनले संगठनलाई प्रगतितर्फ लैजान विश्वास व्यक्त गरियो।

दाङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश अधिवेशनमा प्रदेश सभापति पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल हुन नसकेपछि नयाँ नेतृत्व निर्वाचनमार्फत चयन हुने भएको हो।

प्रदेश सभापति पदका लागि रुपन्देहीका शालिकराम घिमिरे, बाँकेका डा. राजकुमार सुबेदी, रुपन्देहीका पूर्व उम्मेदवार गणेश पौडेल, रुपन्देहीकी मञ्जु भुसाल, रुपन्देहीका मधु अर्याल र अर्घाखाँचीका गोपाल घिमिरेले उम्मेदवारी दर्ता गराएका छन्। ४२ सदस्यीय प्रदेश कार्यसमितिका लागि भने एक सयभन्दा बढी उम्मेदवारी परेको जनाइएको छ। लुम्बिनीका १२ जिल्लाबाट आएका ८ सय ४३ जना प्रदेश प्रतिनिधिले नयाँ नेतृत्व चयनका लागि मतदान गर्ने मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटा ले जानकारी दिए।

वर्तमान प्रदेश सभापति देवराज पाठक ले भने उम्मेदवारी दर्ता गरेनन्। चार वर्षसम्म संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेकाले पाठकले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेपनि सहमति जुट्न नसकेपछि उम्मेदवारी नदिएको बताइएको छ।

अधिवेशनका क्रममा बर्दिया जिल्ला समितिलाई केन्द्रले मान्यता नदिई भंग गरेपछि बर्दियाबाट सहभागी प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्। प्रदेश अधिवेशनमा सहभागी भइसकेको अवस्थामा जिल्ला समिति भंग गर्नु विधिसम्मत नभएको भन्दै उनीहरूले आपत्ति जनाएका छन्।

दाङमा आयोजित अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै रास्वपाका महामन्त्री भूपदेव शाह ले निर्वाचन जितेर सरकारमा पुगे पनि पार्टीलाई अझै संस्थागत र सशक्त बनाउन बाँकी रहेको बताएका थिए। उनले आगामी महाधिवेशनबाट सक्षम नेतृत्व चयन भई पार्टी र देशलाई प्रगतितर्फ अघि बढाउने विश्वास व्यक्त गरे।

महामन्त्री शाहले पार्टीले राजनीतिक सफलता हासिल गरे पनि संगठनात्मक रूपमा अझै बलियो बन्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै आगामी महाधिवेशनले सक्षम नेतृत्व छनोट गर्ने बताए।

कार्यक्रममा सहमहामन्त्री तथा विपिनकुमार आचार्य ले नेतृत्वका लागि प्रतिस्पर्धा स्वाभाविक भए पनि पार्टीलाई सही दिशा दिन नसक्ने नेतृत्वले जिम्मेवारीबाट पछि हट्न सक्नुपर्ने धारणा राखे। उनले नेतृत्वको आकांक्षा राख्ने कार्यकर्तालाई धैर्य र संगठन निर्माणमा निरन्तर सक्रिय रहन आग्रह गरे।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…