- लोकप्रिय गायिका विष्णु माझीले यसपटक जेठ नसकिँदै गायक बाबुकृष्ण परियारसँग मिलेर तीजविशेष बाहिर नयाँ गीत ल्याएकी छिन्।
- यो गीत गायक बाबुकृष्ण परियारको युट्युब च्यानलमा सार्वजनिक भएको छ, जसमा संगीत श्यामश्वेत रसाइलीको संयोजनमा छ।
- ‘झोर्ले हजुर’ बोलको यो गीत मगर संस्कृति र भाषाको शब्दलाई बिम्ब बनाएर प्रस्तुत गरिएको छ।
वर्षेनी तीजको अवसर पारेर गीत निकाल्दै आएकी लोकप्रिय लोकदोहोरी गायिका विष्णु माझीले यसपाली जेठ नसकिँदै गीत ल्याएकी हुन्।
‘झोर्ले हजुर’ बोलको नयाँ गीत सार्वजनिक गरिएको यो गीतमा स्वरतर्फ गायक बाबुकृष्ण परियारले दिएका छन्। तीज आउनुभन्दा निकै अगाडि र त्यो पनि तीज विशेषभन्दा फरक विधाको गीतमा उनले स्वर दिएकी हुन्।
यो विष्णुको धेरै वर्षपछि सार्वजनिक आफ्नो सपना म्युजिक इन्डस्ट्रिजभन्दा बाहिरी गीत हो। गायक बाबुकृष्ण परियारको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा शब्द रमेश बिजीको हो भने बाबुकृष्णकै संगीत छ। संगीत संयोजनको काम श्यामश्वेत रसाइलीले गरेका हुन्।
गायिका विष्णु माझीले विगत केही वर्षयता आफ्नाभन्दा बाहिरी गीतहरूमा स्वर दिन पूर्णतः छाडेकी थिइन्। तीज र दशैंमा आफ्नै कम्पनीबाट मात्रै गीत सार्वजनिक हुने गरेका थिए। दर्शक तथा स्रोताहरू उनको नयाँ गीत सुन्न वर्षदिनभरि तीजकै प्रतिक्षा गर्न बाध्य थिए।
उनका गीतमा गाउँले जनजीवन, विरह र वेदनाभन्दा फरक, त्यसमाथि लामो समयपछि बाहिरी प्रोजेक्टमा स्वर दिएपछि लोकदोहोरी क्षेत्रमा यसलाई चासोका साथ हेरिएको छ।
मगर संस्कृति र भाषामा अभिवादनका लागि प्रयोग गरिने शब्द ‘झोर्ले’लाई बिम्ब बनाएर गीत तयार पारिएको छ। मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशनमा तयार भिडिओमा अमृत चापागाईंको सम्पादन, बुद्ध थापाको छायांकन छ।
भिडियो:
भर्खरै
लोकप्रिय
