- मधेस प्रदेशको सञ्चित कोष २०८२ असार मसान्तसम्ममा ४ अर्ब २५ करोड ५८ लाख मात्र बचत भएको छ।
- आर्थिक वर्ष २०८१/८२ मा सञ्चित कोष झण्डै ५.३४ प्रतिशत घट्दै २४ अर्ब ४१ करोडमा कायम भयो।
- सन् २०७८/७९ मा प्राप्त रकम ३० अर्ब ३५ करोड भएपनि निरन्तर घट्दो क्रममा छ।
जनकपुरधाम – मधेस प्रदेशको सञ्चित कोष निरन्तर घट्दै गएको छ। आइतबार मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले मधेस प्रदेश सभामा प्रस्तुत गरेका आर्थिक सर्वेक्षण अनुसार २०८२ असार मसान्तसम्ममा सञ्चित कोषमा ४ अर्ब २५ करोड ५८ लाख बचत रहेको थियो।
आर्थिक सर्वेक्षण अनुसार २०८१ ऋसार मसान्तसम्ममा मधेस सरकारको सञ्चित कोषमा ११ अर्ब ७ करोड र २०८० असार मसान्तसम्ममा १२ अर्ब ५८ करोड सञ्चित कोषमा बचत रहेको थियो। मन्त्री भट्टराईले प्रदेशसभामा प्रस्तुत गरेका आर्थिक सर्वेक्षण अनुसार प्रदेश सञ्चित कोषमा प्राप्त हुने रकम निरन्तर घट्दै गएको हो।
आर्थिक वर्ष २०८१/८२ मा मधेस प्रदेशको सञ्चित कोषमा प्राप्त भएको रकम आव २०८०/८१ के तुल्नामा ५।३४ प्रतिशतले घटेर २४ अर्ब ४१ करोड प्राप्ति रहेको थियो भने आव २०८०/८१ म आव २०७९/८० को तुल्नामा ११.७९ प्रतिशतले घटेर २५ अर्ब १४ करोड प्राप्त भएको थियो।
यस्तै, आव २०७९/८० मा आव २०७८/७९ को तुल्नामा ६.१० प्रतिशतले घटेर २८ अर्ब ५० करोड थियो भने आव २०७८/७९ मा प्रदेश सञ्चित कोषमा ३० अर्ब ३५ करोड प्राप्त भएको थियो।
भर्खरै
लोकप्रिय
