मोरङ – कांग्रेस निवर्तमान केन्द्रीय सदस्य भीम पराजुलीले कांग्रेस नेतृत्व तहले अभिव्यक्ति स्वतन्त्रता, प्रश्न गर्न पाउने अवस्थालाई कुण्ठित गरेको आरोप लगाएका छन्।
विराटनगरमा आइतबार आयोजित कोशी प्रदेशस्तरीय बृहत एकता साझा प्रतिबद्धता नामक कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै प्रदेशका वन पर्यटन तथा वातावरणमन्त्रीसमेत रहेका पराजुलीले अहिलको अवस्थामा पार्टीलाई एकढिक्का बनाएर अघि बढाउन आवश्यक रहेको उल्लेख गरे।
भेलालाई सम्बोधन गर्दै पूर्वकेन्द्रीय सदस्य पराजुलीले बृहत एकताको नाममा नयाँ दल खुल्दै छ भन्ने गलत भाष्य फैलाइएको गुनासो गरे।
उनले कांग्रेस मिलेर अघि बढेमात्र मुलुकमा लोकतन्त्र बलियो हुने दाबी गरे। लोकतन्त्रको लागि त्याग गरेका नेताहरुलाई पाखा लगाएर पार्टीले कस्तो धार लिन खोजेको भन्दै प्रश्न गरे।
पञ्चायतकालमा लडेका, त्याग र समर्पण गरेका नेतालाई पाखा लगाएर अघि बढ्न नहुनेमा जोड दिँदै उनले वर्तमान नेतृत्वलाई सम्झाउँदै पार्टी एकताको विषयमा सबैले दबाव दिनुपर्ने बताए।
भर्खरै
लोकप्रिय
