अ
+
अ
अ
-
धनगढी – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीकाे सुदूरपश्चिम प्रदेश अधिवेशन धनगढीमा सुरु भएकाे छ।
धनगढीमा सुरु भएकाे अधिवेशनकाे रास्वपाका महामन्त्री भुपदेव शाहले घण्टी बजाएर उद्घाटन गरे। अधिवेशनमा रास्वपाका नेता सागर ढकाल, केपी खनाललगायत प्रदेशका नेता तथा कार्यक्रताकाे सहभागिता रहेकाे छ।
नयाँ नेतृत्व चयन हुने अधिवेशनमा प्रदेश सभापतिका लागि वर्तमान सभापति प्रकाश बिष्ट, संघीय सांसद केपी खनाललगायतकाे चर्चा छ।
उद्घाटन समाराेहलगत्तै नेतृत्व चयन प्रक्रिया अघि बढ्ने रास्वपाले जनाएकाे छ।
भर्खरै
लोकप्रिय
