- बालविवाह अन्त्यका लागि जारी भएको नौ बुँदे घोषणा पत्रलाई गाउँपालिकाका अध्यक्षहरूलाई हस्तान्तरण गरिएको छ।
- जिल्लामा पहिलो पटक बालविवाह र बालश्रम न्यूनीकरणका लागि एकीकृत पहलको लागि जिल्ला बाल सभा आयोजना भयो।
- गुड नेवर्स इन्टरनेसनल नेपाल, किर्डाक हुम्ला र रेडियो कर्णाली आवाजको सहयोगमा दुई दिनसम्म कार्यक्रम सञ्चालित भयो।
हुम्ला – पछिल्लो समय बढ्दै गएको बालविवाह अन्त्यका लागि सबै पक्षलाई लाग्न नौ बुँदे घोषणा पत्र २०८३ जारी गरेर जिल्ला बाल सभा सम्पन्न भएको छ।
बालबिबाह न्यूनीकरण र यो कानुुनबिरुद्ध कार्य हो भन्ने जानकारी बालबालिकालाई प्रत्यक्ष सहभागिता गराउँदै जिल्ला बाल सभा सम्पन्न भएको हो।
जिल्लामा पहिलो पटक बालविवाह र बालश्रम न्यूनीकरणका लागि एकीकृत पहल भन्ने मूल नाराका साथ सुरु भएको जिल्ला बाल सभाले नौ बुँदे सिमकोट घोषणा पत्र २०८३ जारी गरेको छ।
सभाका सहभागी बालबालिकाद्धारा तर्जुमा गरिएका बुँदालाई सभाले पारितसमेत गरेको र त्यसलाई अपनत्व लिन गाउँपालिकाका अध्यक्षहरूलाई हस्तान्तरणसमेत गरिएको छ।
भेलाले तय गरेको घोषणापत्र नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा, सिमकोट गाउँपलिकाका अध्यक्ष विजय भण्डारी र खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहाुर रावललाई प्रदान गरिएको थियो।
उनीहरूले पनि यसको सुनुवाइ गरिने प्रतिबद्धता ब्यक्त गरेका छन्। बाँकी चार वटा गाउँपालिकामा पनि जिल्ला बाल सभाले सार्वजनिक गरेको घोषणा पत्र पठाइने भएको छ। दुई दिनसम्म सञ्चालन भएको भेलाका लागि गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग, किर्डाक हुम्लाको प्राविधिक सहयोग र रेडियो कर्णाली आवाजको आयोजनामा कार्यक्रम भएको हो।
भर्खरै
लोकप्रिय
