उत्कृष्ट लाइका ५एक्स क्यामरा प्रविधिसहित शाओमी १७टी (Xiaomi 17T) नेपालमा सार्वजनिक

उत्कृष्ट लाइका ५एक्स क्यामरा प्रविधिसहित शाओमी १७टी (Xiaomi 17T) नेपालमा सार्वजनिक
+
-
देशसञ्चार AI सारांश
  • शाओमीले नेपालमा १७टी स्मार्टफोन सार्वजनिक गरेको छ, जसमा लाइका फाइभ एक्स क्यामरासहित उच्च ब्याट्री क्षमता छ।
  • यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा र ४ के ६० फ्रेम-प्रति-सेकेन्ड सिनेमाटिक भिडियो रेकर्डिङ सुविधा उपलब्ध छ।
  • शाओमी १७टीमा ६,५०० एमएएच ब्याट्री र मिडियाटेक डाइमेन्सिटी ८५०० अल्ट्रा प्रोसेसर रहेको छ, जुन तेज प्रदर्शन प्रदान गर्छ।

काठमाडौं- विश्वव्यापी प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन शाओमी १७टी (Xiaomi 17T) सार्वजनिक गरेको छ।

उत्कृष्ट लाइका फाइभ एक्स (Leica 5X) क्यामरा र आँखाको सुरक्षालाई प्राथमिकता दिएर विकास गरिएको स्मार्ट डिस्प्लेसहित उच्च क्षमताको ब्याट्री भएको शाओमी १७टी आधुनिक प्रयोगकर्ताका लागि तयार गरिएको उन्नत स्मार्टफोन हो।

शाओमीको अत्याधुनिक इमेजिङ प्रविधि र लाइका अप्टिक्सको संयोजनले यसमा शक्तिशाली ट्रिपल क्यामरा प्रणाली उपलब्ध गराएको छ। यसमा ५० मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ, जसले अत्यन्त स्पष्ट र उच्च गुणस्तरका तस्बिरहरू खिच्न सक्छ।

यो स्मार्टफोन लाइका फाइभ एक्स (Leica 5X) टेलिफोटो क्यामरा र विशेष अप्टिकल डिजाइन तथा उच्चस्तरीय लेन्स संरचनामा आधारित छ। यसले अप्टिकल इमेज स्टेबिलाइजेसनसहित ५० मेगापिक्सेलका तस्बिरहरू खिच्न सक्छ। ३० सेन्टिमिटर दूरीबाट गरिने म्याक्रो फोटोग्राफीदेखि १० गुणासम्मको अप्टिकल स्तरको जुम र १२० गुणासम्मको एआई आधारित जुम सुविधाले नजिक तथा टाढाका दृश्यहरू सहजै कैद गर्न मद्दत गर्छ।

यस स्मार्टफोनमा फोर के ६० फ्रेम-प्रति-सेकेन्ड (4K 60fps) सिनेमाटिक भिडियो रेकर्डिङ सुविधा पनि समावेश गरिएको छ। यसले प्राकृतिक पृष्ठभूमिमा धमिलोपन (बोकेह) सिर्जना गर्दै थप जीवन्त र आकर्षक दृश्य अनुभव प्रदान गर्दछ।

परम्परागत स्थिर तस्बिरभन्दा अगाडि बढ्दै शाओमी १७टीले लाइभ मोमेन्ट सुविधा प्रस्तुत गरेको छ। यसले केवल मुख्य क्षण मात्र होइन, त्यस क्षणसम्म पुग्ने गति, भावना र अभिव्यक्तिलाई समेत कैद गर्छ। यसले दैनिक जीवनका दृश्यहरूलाई अझ गहिरो अर्थ र सन्दर्भ दिन मद्दत पुर्‍याउँछ।

शाओमी १७टीमा १/१.५५ इन्च आकारको ठूलो इमेज सेन्सर प्रयोग गरिएको छ। लाइका अल्ट्रा पियोर अप्टिकल डिजाइन तथा १जी प्लस ६पी (1G+6P) हाइब्रिड लाइका सेमिलुक्स (Leica Summilux) विशेष लेन्स संरचनाले सूक्ष्म विवरणहरूलाई अत्यन्त स्पष्ट रूपमा प्रस्तुत गर्दछ। यसमा भएको प्रकाश छिर्ने ठूलो भाग (अपर्चर) का कारण यसले फराकिलो प्रकाश सन्तुलन र आकर्षक प्रभाव प्रदान गर्दछ।

यसमा रहेको लाइभ पोर्ट्रेट सुविधाले पोर्ट्रेट मोडमा प्राकृतिक पृष्ठभूमिमा धमिलोपन थपेर विषयवस्तुलाई अझ आकर्षक बनाउँछ। साथै, अल्ट्रा एचडी फोर के लाइभ मोमेन्ट तथा विभिन्न सिनेमाटिक मोडहरूले प्रयोगकर्तालाई आफ्नो कथा अझ सिर्जनात्मक ढंगले प्रस्तुत गर्ने अवसर प्रदान गर्दछन्।

शाओमी १७टीमा पहिलो पटक भिजन केयर प्रविधि समावेश गरिएको छ। ३,५०० निट्ससम्मको अधिकतम चमक क्षमता भएको १५०० एमोलेड (AMOLED) डिस्प्लेले वातावरणीय प्रकाशअनुसार स्वतः समायोजन गर्दै निलो प्रकाश, फ्लिकर तथा मोजन ब्लरलाई नियन्त्रण गर्छ। यसले दिनभरि आरामदायी दृश्य अनुभव प्रदान गर्दछ। साथै, यो शाओमीको फोर आईकेयर प्रमाणपत्र प्राप्त गर्ने पहिलो स्मार्टफोन पनि बनेको छ।

शाओमी १७टीमा ६,५०० एमएएच (mAh) क्षमताको विशाल ब्याट्री रहेको छ, जुन अघिल्लो जेनेरेसनको तुलनामा १८ प्रतिशत बढी क्षमता भएको बताइएको छ। ६७ वाट फास्ट चार्जिङ प्रविधिको सहयोगले प्रयोगकर्तालाई दिनभर पर्याप्त ऊर्जा उपलब्ध गराउँछ।

यो स्मार्टफोन ४ नानोमिटर प्रविधिमा आधारित शक्तिशाली प्रोसेसर मिडियाटेक डाइमेन्सिटी ८५०० अल्ट्राद्वारा संचालित छ। यसले प्रोसेसर, ग्राफिक्स तथा एआई सम्बन्धी क्षमतामा उल्लेखनीय सुधार ल्याउँदै मल्टिटास्किङ र आधुनिक गेमिङ अनुभवलाई अझ सहज र प्रभावकारी बनाउँछ।

नेपालमा शाओमी १७टी बैजनी, निलो र कालो गरी तीन आकर्षक रङमा उपलब्ध छ। १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य रु. ८९,९९९ तोकिएको छ। साथै, शाओमी १७टी नेपालमा खरिद गर्ने प्रत्येक ग्राहकले रेडमी बड्स ६ प्ले (मूल्य रु. २,४९९) निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…