मधेस प्रदेश सरकारले स्थानीय तहमा बाँडफाँड गर्‍याे युरिया र डिएपी मल

मधेस प्रदेश सरकारले स्थानीय तहमा बाँडफाँड गर्‍याे  युरिया र डिएपी मल
फाइल तस्बिर ।
+
-
देशसञ्चार AI सारांश
  • मधेस प्रदेशमा १३६ स्थानीय तहहरुमा ७,३२८ मेट्रिक टन युरिया र ६,६१० मेट्रिक टन डिएपी मल बाँडफाँड गरियो।
  • सप्तरीदेखि पर्सा सम्मका जिल्लामा स्थानीय तहअनुसार भिन्न-भिन्न परिमाणमा युरिया र डिएपी मल वितरण भयो।
  • कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले विभिन्न तहमा मलको आपूर्ति सुनिश्चित गरे।

जनकपुरधाम – मधेस प्रदेश सरकारले वर्षे धानलाई लक्ष्य गर्दै स्थानीय तहमा युरिया र डिएपी मल बाँडफाँड गरिएको छ। जेठ २७ गतेको निर्णयानुसार ७ हजार ३२८ मेट्रिक टन युरिया र ६ हजार ६१० मेट्रिक टन डिएपी मल बाँडफाँड गरेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ।

मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेडतर्फको युरिया र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडतर्फको डिएपी मल मधेस प्रदेशमा रहेको १३६ वटै स्थानीय तहहरुमा बाँडफाँड गरेको हो। मन्त्रालयले सप्तरीको १८ वटा स्थानीय तहका लागि ९७५ मेट्रिक टन युरिया र १ हजार ३५ मेट्रिक टन डिएपी मल बाँडफाँड गरेको हो।

यस्तै, सिरहामा रहेको स्थानीय तहका लागि १ हजार ७२ मेट्रिक टन युरिया र १ हजार १३७ मेट्रिक टन डिएपी मल बाँडफाँड गरेको हो। धनुषामा रहेको स्थानीय तहका लागि ९२६ मेट्रिक टन युरिया र ७७८ मेट्रिक टन डिएपी मल बाँडफाँड गरेको हो।

महोत्तरीमा रहेको स्थानीय तहहरुका लागि ८८० मेट्रिक टन युरिया र ७४० मेट्रिक टन डिएपी मल वितरण गरेको हो। सर्लाहीमा रहेको स्थानीय तहका लागि १ हजार ९३ मेट्रिक टन युरिया र ९१९ मेट्रिक टन डिएपी मल बाँडफाँड गरेको हो।

यस्तै, रौतहटको स्थानीय तहका लागि ८७५ मेट्रिक टन युरिया र ७३६ मेट्रिक टन डिएपी मल वितरण गरिएको हो। बारामा रहेको स्थानीय तहका लागि ८१९ मेट्रिक टन युरिया र ६८९ मेट्रिक टन डिएपी मल बाँडफाँड गरिएको हो।

पर्सामा रहेको स्थानीय तहका लागि मन्त्रालयले ६८७ मेट्रिक टन युरिया र ५७८ मेट्रिक टन डिएपी मल बाँडफाँड गरेको हो।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…