काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चिया निर्यातका लागि भारतसँग गम्भिर भएर पहल भइरहेको बताएकी छन्।
बुधबार आफ्नो मन्त्रालयको सम्बन्धमा विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले समस्या समाधानका लागि प्राविधिक तथा कूटनीतिक पहल गरिएको र त्यो सकारात्मक दिशातिर गइरहेको पनि बताइन्।
विगत तीनदिन यता इलामलगायतका देशभरका चिया उद्योगीहरुले चिया निर्यातमा समस्या देखिएपछि आफनो उद्योग बन्द गरेका छन्। मन्त्री चौधरीले चियाको निर्यातमा सहजीकरण गर्न सरकार लागि परेको बताइन्।
उनले भनिन्, ‘विगतमा जस्तै चिया निर्यात सहजीकरण गर्न चिया उद्योगीहरुका समस्या समाधान गर्नका लागि मन्त्रालयको गम्भिर भएर पहल गरिराखेको छ। र यस विषयमा प्राविधिक तथा कूटनीतिक रुपमा आवश्यक पहल गरिएको र छलफल सकारात्मक दिशातिर गइराखेको जानकारी गराउन चाहन्छु।’
त्यस अवसरमा मन्त्री चौधरीले सरकारले बनाएका योजनाहरु कार्यान्वयनमा सांसदहरुले महत्वपूर्ण सहयोग गर्ने विश्वास पनि व्यक्त गरिन्।
भर्खरै
लोकप्रिय
