असारको तेस्रो हप्तादेखि सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने छौँ: मन्त्री रावल

असारको तेस्रो हप्तादेखि सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने छौँ: मन्त्री रावल
मन्त्री प्रतिभा रावल। तस्बिर: बर्षा शाह/ देशसञ्चार
+
-
देशसञ्चार AI सारांश
  • भूमि व्यवस्था मन्त्री प्रतिभा रावलले असारको तेस्रो हप्तादेखि सुकुम्वासीलाई लालपुर्जा वितरण गरिने जानकारी दिएकी छन्।
  • हर्कराज राईले सुकुम्वासी व्यवस्थापन र जग्गा वितरणबारे प्रश्न गर्दा, रावलले काम सुरु भइसकेको बताइन्।
  • होल्डिङ सेन्टरमा बसेका सुकुम्वासीहरूलाई आधारभूत सेवा नपुगेको सांसद राईले संसदमा उठाएका छन्।

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले विस्थापित सुकुम्वासीलाई असारको तेस्रो हप्तादेखि लालपुर्जा (जग्गाधनी पुर्जा) वितरण गरिने जानकारी दिएकी छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेक्रममा लालपुर्जा दिनेगरी सरकारले तयारी गरिरहेको र असारको तेस्रो हप्तादेखि वितरण गरिने जानकारी दिएकी हुन्।

बजेटमाथि छलफलकाक्रममा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सुकुम्वासीको व्यवस्थापन कहिले हुन्छ? जग्गा दिने विषयहरू रहेको छ भन्दै प्रश्न गरेका थिए।

त्यसको जवाफ दिँदै रावलले भनिन् ‘लालपुर्जाको हकमा हामीले काम सुरु गरिसकेका छौँ। अब असारको तेस्रो हप्तादेखि हामीले लालपुर्जा वितरण गर्ने काम सुरुवात गर्ने छौँ।’

राईले बुधबारकै संसद बैठकमा होल्डिङ सेन्टरमा राखिएका विस्थापित सुकुम्वासीहरूले आधारभूत सेवाहरू प्राप्त नगरेको भन्दै फेरि पुरानै ठाउँमा सहरी योजना बनाएर राख्न सकिने बताएका थिए।

कीर्तिपुरस्थित राधास्वामी सत्संग भवनमा राखिएका थापाथली र गैरीगाउँका सुकुम्वासीले सोमबार बिहान खानानै खान पाएनन्।

त्यसपछि पनि सरकारले खानाको व्यवस्थापन गर्न सकेको छैन। एक संस्थालाई खानाको व्यवस्था गर्न काठमाडौँ महानगरले जिम्मेवारी दिएको छ।

यद्यपि सुकुम्वासीहरू औषधि उपचारलगायतका सेवाहरू पाउन सकेका छैनन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…