नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता
+
-
देशसञ्चार AI सारांश
  • नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन गर्ने बारेमा द्विपक्षीय सम्झौता भएको छ।

  • सम्झौताअनुसार बैंकका योगदानमा आधारित वा गैर-योगदानमा आधारित कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन नागरिक लगानी कोषले गर्नेछ।

  • कर्मचारीहरूले योगदान गरेका रकमबाट आर्जन गरेको ब्याज तथा अन्य अतिरिक्त सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ।

काठमाडौँ- नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन तथा सञ्चालन गर्ने सम्बन्धमा एक द्विपक्षीय सम्झौता सम्पन्न भएको छ।

बुधबार आयोजित एक विशेष कार्यक्रमका बीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौता पत्रमा नागरिक लगानी कोषको तर्फबाट निर्देशक नवराज खड्का र एभरेष्ट बैंकको तर्फबाट प्रमुख वित्तीय अधिकृत राजन कायस्थले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार एभरेष्ट बैंकमा स्थायी, अस्थायी तथा करार सेवामा कार्यरत कर्मचारीहरूको योगदानमा आधारित वा गैर-योगदानमा आधारित उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन र कार्यान्वयन नागरिक लगानी कोषले गर्ने उल्लेख छ।

यस अन्तर्गत कोषले सहभागी कर्मचारीहरूको व्यक्तिगत खाता तयार गरी परिचय पत्र उपलब्ध गराउने छ। साथै, बैंकबाट प्राप्त रकम र विवरण अनुसार खाता अद्यावधिक गर्ने तथा बैंकको सिफारिसमा सेवानिवृत्त कर्मचारीहरूलाई नियमानुसार कर कट्टी गरी अवकाश रकम भुक्तानी गर्ने कार्य समेत कोषले गर्नेछ।

यसैगरी, कर्मचारीहरूले कोषमा योगदान गरेको रकमबाट आर्जन गरेको ब्याज, प्रतिफल तथा अन्य अतिरिक्त सुविधाहरू कोषको नियममा उल्लेख भए अनुसार प्राप्त गर्नेछन्।

आयकर ऐन, २०५८ बमोजिम स्वीकृत अवकाश कोषमा रहेका कर्मचारीहरूको साविकको रकम र बहाल रहेका कर्जाहरूलाई समेत नागरिक लगानी कोषमा रकम स्थानान्तरण (रकमार्न्तरण) गरी समायोजन गरिने विषय समेत सम्झौता पत्रमा स्पष्ट पारिएको छ।

 

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…