बाँकेलाई जल पर्यटनको गन्तव्य बनाइँदै

बाँकेलाई जल पर्यटनको गन्तव्य बनाइँदै
+
-

नेपालगन्ज – बाँकेको राप्तीसोनारी गाउँपालिकालाई कुसुमदेखि अगैयासम्मको राप्ती नदी खण्डलाई जल पर्यटनको गन्तव्यका रुपमा विकास गर्न विस्तृत प्रतिवेदन (डिपिआर) तयार भएको छ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले यहाँस्थित पर्यटनस्थललाई आकर्षक गन्तव्यका रुपमा चिनाउन विस्तृत प्रतिवेदन अन्तिम तयारीमा रहेको जानकारी दिए।

उनले गाउँपालिकाको भौगोलिक बनावटले जिप लाइन सञ्चालनदेखि कुसुमदेखि अगैयासम्म करिव १२ किलोमिटर बोटिङ गरेर मनोरञ्जन लिन सकिने बताए।

नेपालगन्ज र कोहलपुर बजार जानका लागि सडक सञ्जाल रहेको औल्याउँदै अध्यक्ष पौडेलले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रलाई लगानी गर्न आग्रह गरे

उनले निकुञ्जको ओभरी नजिकका क्षेत्रमा हात्ती सफारी, जङ्गल सफारी र पैदलयात्राका प्याकेजसहित निजी क्षेत्रले नयाँ योजनाका खाका ल्याउँदा पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताए।

निकुञ्जको गिद्देनीचौरमा मचान निर्माण गरी जङ्गल क्षेत्रको दृश्यावलोकन, पैदलयात्रा, जङ्गल सफारीकोसमेत व्यवस्था गरिएको छ।

कोहलपुर, ओभरी र अगैया क्षेत्रको तीन नाकाबाट नेचरगाइडसहित निकुञ्ज प्रवेशद्वारसम्बन्धी गतिविधि भइरहेका छन्। त्यहाँबाट प्रवेश गर्नुहुने पर्यटकले पर्या–पर्यटनको आनन्द लिन सक्छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…