अ
+
अ
अ
-
काठमाडौँ – वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाइएको छ।
शनिबार ललितपुरको जावलाखेलमा जात्राको अन्तिम दिन भोटो देखाइएको हो। मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइएको हो।

भोटो अवलोकनका लागि राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको उपस्थिति थियो।

कपडाको थैलीमा शिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो। भीडका बीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए।


भर्खरै
लोकप्रिय
