लेखक ललित विष्टको कथा संग्रह ‘उत्कर्ष’ माथि विमर्श

लेखक ललित विष्टको कथा संग्रह ‘उत्कर्ष’ माथि विमर्श
+
-
देशसञ्चार AI सारांश
  • वरिष्ठ कथाकार नयनराज पाण्डेले ललित विष्टको कथासंग्रह ‘उत्कर्ष’लाई जादुमय र विशिष्ट शैलीको प्रतिनिधित्व गर्ने बताए।
  • पाण्डेका अनुसार ‘उत्कर्ष’ नेपाली कथासाहित्यमै फरक स्वाद र चेतनाको संसार निर्माण गर्ने सशक्त कृति हो।
  • लेखक विष्टले परम्परागत लेखनशैलीभन्दा पृथक् रूपले नयाँ प्रयोग र अभिव्यक्ति प्रस्तुत गरेको समीक्षकहरूले बताए।

काठमाडौँ- लेखक ललित विष्टको दोस्रो कथाकृति ‘उत्कर्ष’ माथि विमर्श भएको छ ।

काठमाडौँस्थित एक थिएटरमा आयोजित कार्यक्रममा वरिष्ठ कथाकार नयनराज पाण्डेले कृतिमाथि सटिक र तथ्यपरक टिप्पणी गरेका छन्।

उनले ‘उत्कर्ष’ पाठकको रुचिअनुसार लेखिएको कृति नभई लेखकको आफ्नै विशिष्ट कथाशैलीको प्रतिनिधित्व गर्ने संग्रह भएको बताए।

उनले उत्कर्ष पढिसकेपछि पाठकको मथिङ्गल हल्लाउने बताएका छन् ।

कथाकार तथा साहित्यकार पाण्डेले ललित विष्टद्वारा लिखित उत्कर्षको पठन अनुभूति सुनाउँदै उत्कर्षमा समेटिएका कथा जादुमय भएको बताए। उनले ललित बिष्टका कथामा ‘मल्टिपल लेयर’भएको पनि दावी गरे।

उनले विष्टका कथालाई केन्द्र र बक्ससँग तुलना गर्दै भने, ‘यो कृति कुनै रिल, टिकटक वा विश्वकप फुटबल हेर्दै पढ्न सकिने कृति हो।’

लेखक पाण्डेले विष्टको लेखकीय शिल्प मौलिक र पृथक रहेको उल्लेख गर्दै संग्रहका प्रत्येक कथाभित्र अर्को कथा बुनिएको बताए। विष्टले कथा लेखनमा नयाँ कौशल र प्रयोगधर्मी शैली अपनाएको पाण्डेको भनाइ थियो।

पाण्डेका अनुसार ‘उत्कर्ष’ नेपाली कथासाहित्यमै फरक स्वाद र चेतनाको संसार निर्माण गर्ने थोरैमध्यको सशक्त कृति हो। उनले कृतिलाई निकै अब्बल दाबी गर्दै लेखकले यथार्थ र कल्पनाबीचको धमिलो सीमालाई भत्काएर पाठकलाई नवीन अनुभूति प्रदान गरेको बताए।

कार्यक्रमको अन्त्यमा नयाँ लेखकको आगमन र यस्ता किसिमका कथाहरूले अग्रज कथाकारहरूलाई ईर्स्या लागे पनि यो उच्च लेखकीय क्षमता सधैँ बरकरार राख्न पनि सुझाव दिए।

कृतिकार विष्टले पुस्तक बजारमा गइसकेको र त्यो अब पाठकहरूको भइसकेको जानकारी दिए।

फोनिक्स बुक्सद्वारा प्रकाशित यस कथासंग्रहमा १० वटा कथा समावेश छन्। परम्परागत लेखनशैलीभन्दा पृथक् ढंगले मनोवैज्ञानिक सुक्ष्मतासहित सिर्जना गर्न रुचाउने ललित विष्टले ‘उत्कर्ष’ मार्फत समकालीन नेपाली कथासाहित्यमा नयाँ प्रयोग र अभिव्यक्तिको आयाम थपेको समीक्षकहरूले बताएका छन्।

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

रंगमञ्चमा हरिहर शर्माका ६ दशक

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अमेरिकी विज्ञानको चमत्कारमा हराएका चन्द्र नेपाली साहित्यमा फर्किँदा…

अनि किरण केसी बने ‘राता मकै’

अनि किरण केसी बने ‘राता मकै’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

‘राजा महेन्द्रबाट १५ वर्षमै गोल्ड मेडल’

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

उपेन्द्रमान सिंहको ३६ वर्ष लामो फुटबल यात्रा

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

बन्दुक बिसाएर सत्याग्रह रोजेका गोर्खा सैनिक

कुन्ति मोक्तानको ‘रामकहानी’

कुन्ति मोक्तानको ‘रामकहानी’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

‘पशुपतिमा लाश जलाउने पैसा पनि हुँदैन’

ने मुनि फेरि फर्किएछन्…

ने मुनि फेरि फर्किएछन्…