अ
+
अ
अ
-
जनकपुरधाम – उच्च अदालत जनकपुरले आजदेखी मुद्दाको सुनुवाइ युट्युबमा प्रत्यक्ष प्रशारण सुरु गरेको छ।
उच्चले बन्द इजलाश बाहेक सबै मुदाहरुको बहस एवं सुनुवाईलाई अब प्रत्यक्ष प्रसारण गर्ने जनाएको हो।
आज पहिलो सिन तीन वटा मुद्दाको प्रत्यक्ष प्रशारण गरिएको हो । उच्चले अदालतको युट्युब च्यानलमा प्रत्यक्ष प्रशारण सुरु गरेको हो।

उपलब्ध प्रविधीको बहुत्तम प्रयोगमार्फत नागरिकको कानूनी सूचनाको हक संरक्षणका लागि उच्च अदालत जनकपुर सधै प्रतिवद्ध रहेको जनाएको हो । केही समय अघिदेखी अदालतमा अनलाइन मार्फत बहस सुरु भएको थियो।
भिडियो कन्फ्रेसको माध्यमबाट नेपाल वा विश्वको कुनै ठाउँबाट अधिवक्ताले मुद्दामा बहस गर्न सक्नेगरी व्यवस्था मिलाइएको थियो। यसका लागि हरेक इजलासमा एलइडी सहित क्यामेरा तथा आवश्यक अन्य उपकरण लगाइएको छ।
भर्खरै
लोकप्रिय
